२०८१ बैशाख १७, सोमबार
कावासोती । कावासोती नगरपालिकाको आज बसेको कार्यपालिका बैठकले विषयगत समितिको संयोजकहरु तोकेको छ । कार्यपालिका बैठकले सुशासन तथा संस्थागत समितिको संयोजकमा डोरमान गिरी, आर्थिक विकास समितिमा भिम रिमाल(गोकर्ण), सामाजिक विकास समितिको संयोजकमा चुणामणी थनेत, पूर्वाधार विकास समितिको संयोजकमा तबारक अहमद मियालाई जिम्मेवारी प्रदान गरेको छ ।
यसै गरि कार्यपालिका बैठकले वातावरण तथा विपद् व्यवस्थापन समितिको संयोजकमा यम बहादुर थापा, विद्येयक समिति संयोजकमा तुलसीराम थारू, स्थानीय राजश्व परामर्श समितिको संयाेजकमा उप प्रमुख फूलकुमारी थनेत र सदस्यमा शारदा प्रसाद अधिकारीलाई जिम्मेवारी प्रदान गरेको छ । कार्यपालिका बैठकले नगरपालिकाको प्रवक्तामा डोरमान गिरीलाई चयन गरेको छ ।
साथै न्यायिक समितिका दुई जना सदस्यहरूमा बसन्ती कुँवर र युवराज गैरेलाई चयन गरेको प्रवक्ता गिरीले नवलपुर पे्रसलाई जानकारी दिनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |