२०८० मंसिर १४, बिहिबार
काठमाडौं : जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले दिगो लोकतान्त्रिक स्थिरता, सुशासन र समृद्धिका निम्ति गम्भीर ढंगले सोच्न आह्वान गरेका छन् । पूर्वप्रधानमन्त्री भट्टराईले विपरित विचारको गठबन्धन सधैं हिलोको किलो झैं हल्लने टिप्पणी गरेका छन्।
उनले विपरित वैचारिक-राजनीतिक धरातलमा उभिएका दलहरूवीच भगत गणितीय आधारमा बन्ने गठबन्धनले दीर्घकालमा देश र जनताको हित नगर्ने उल्लेख गरेका छन्। उनले विपरित वैचारिकको गठबन्धन महत्वाकांक्षी व्यक्तिको मोलतोलको साधन मात्र हुने धारणा राखेका छन्।
‘विपरित वैचारिक-राजनीतिक धरातलमा उभिएका दलहरूबीच भगत गणितीय आधारमा बन्ने गठबन्धन सधैं हिलोको किलो झैं हल्लने र केही महत्वाकांक्षी व्यक्तिको मोलतोलको साधन मात्र हुन्छ। त्यसले दीर्घकालमा देश र जनताको हित गर्दैन।’उनले भनेका छन्, ‘दीगो लोकतान्त्रिक स्थिरता, सुशासन, समृद्धिका निम्ति गम्भीर ढंगले विकल्प सोचौं !’
स्थानीय तहको निर्वाचनमा वामपन्थी (कम्युनिस्ट) र कांग्रेसबीच गठबन्धन भएको थियो। सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा रहेको छ। उनीहरुले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेविरुद्ध मोर्चाबन्दी गरेका छन्। आगामी संघ र प्रदेशको निर्वाचनमा पनि गठबन्धनलाई निरन्तरता दिने बताइरहेको समयमा भट्टराईले यस्तो धारणा राखेका हुन्।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |