२०८० मंसिर १६, शनिबार
कावासोती । युनाइटेड टेलिकम लिमिटेड ( युटिएल) का सम्बन्धित व्यक्तिसँग विगत लामो समयदेखि सम्पर्क हुन नसकेपछि कावासोती स्थीत टावर हटाउन कावासोती नगरपालिकाले प्रकृया अघि बढाएको छ ।
कावासोती दुई कुमारवर्ती क्याम्पसको पश्चिमपट्टि रहेको प्रेम बहादुर रानाको घरमा युनाइटेड टेलिकम लिमिटेड ( युटिएल) को टावर राखिएको छ । सन् २००८ मा रानाको घरमा १० वर्षको सम्झौता गरेर टेलिकमको टावर राखिएको थियो । सन् २०१९ मार्च महिनामा सम्झौता सकिएको छ । तर, टेलिफोनका सम्बन्धित व्यक्तिसँग सम्पर्क हुन नसकेपछि उक्त टावर अलपत्र अवस्थामा रहेको छ । टावर राखिएका घरधनी प्रेम बहादुर रानाले पछिल्लो पटक २०७६ सालमा टेलिफोनका सीईओसँग फोनमा कुरा गरेर टावर हटाउन भन्नुभएको थियो । तर, टावर हटाउनका लागि कोही आएनन् । त्यसपछि सीईओसँग समेत सम्पर्क हुनै छाडेको रानाले बताउनुभयो । सम्झौताको म्याद सकिएको पनि चार वर्ष बितिसकेको छ ।
लामो समयदेखि सम्बन्धित पक्षसँग सम्पर्क हुन नसक्दा एकातिर टावरले निम्त्याउने विपदको जोखिम अर्कोतर्फ घरभाडा समेत नपाउने हुँदा समस्यामा पर्नुभएका रानाले पटक पटक कावासोती नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा समेत यस विषयमा निवेदन दिनुभएको थियो । टेलिकमका सम्बन्धित व्यक्तिसँग सम्पर्क नै हुन नसक्दा नगरपालिका र प्रशासनबाट पनि यस समस्याको हल हुन सकेको थिएन । तर, अहिले भने नगरपालिकाले टावर निकाल्ने बाटो खालेको हो । रानाले वडा कार्यालय मार्फत निवेदन दिएर टावर हटाउनका लागि आग्रह गरेपछि नगरपालिकाले सरोकारवाला व्यक्तिको समिति बनाएर टावरका विषयमा फिल्डमै गई यथार्थ वस्तुस्थिति बुझेर मुचुल्का तयार पार्न भनेको थियो ।
उक्त समितले टावरका कारण विपद निम्तिन सक्ने, टावर राखेका घरधनी सँगै वरपरका छरछिमेकीलाई समेत असर पर्ने देखिएको भन्दै हटाउनका लागि सुझाव दिएको छ । उक्त सुझावपछि कावासोती नगरपालिकाले सम्बन्धित निकायलाई सम्पर्क आउनका लागि सात दिने सार्वजनिक सूचना निकालेको थियो । सूचनाको म्याद समेत सकिएको छ । कोही पनि सम्पर्कमा नआएपछि अहिले उक्त टावर घर धनी आफैँले निकाल्नका लागि लाग्नुभएको छ ।
टावर राखेको लामो समय भएको छ । टावरको मर्मतसम्भार समेत भएकाे छैन् जिर्ण हुँदै गएकाले टावरले जोमिख हुने रानाले बताउनुभयो । पछिल्लो समय हावाहुरीले धेरै ठाउँमा क्षती पु¥याइरहेका घटनाहरु भएकाले समेत टावर छतमाथी राखिराख्न त्रास भएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो – ‘टावर निकाल्नका लागि अहिले सोधपुछ गरिराखेको छु , कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता छ । ’
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |