२०८० मंसिर १४, बिहिबार
काठमाण्डौ – तारा एअरको जहाज दुर्घटनामा ज्यान गुमाएकाको शव आज परिवार तथा आफन्तलाई हस्तान्तरण गरिने भएको छ ।
गएको आइतवार पोखराबाट मुस्ताङको जोमसोम उडेको तारा एअरको ट्विनअटर जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमा दुर्घटना हुँदा २२ जनाले ज्यान गुमाएका थिए । सबै शवको पोस्टमार्टम गर्ने काम सकिएको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट आज मृतकका परिवारलाई शव हस्तान्तरण गरिने भएको छ । दुर्घटनामा ज्यान गुमाएका चालक दलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा दुई जना जर्मन नागरिकको शव सोमवार र मङ्गलवार दुई चरणमा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमार्फत काठमाण्डौ ल्याइएको थियो।
दुर्घटना भएको जहाजको खोजीकार्य तथा शव सङ्कलनका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका टोली खटिएका थिए।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |