२०८० मंसिर २४, आईतबार
चोरमारा । मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले नगरभित्र बसोबास गर्ने विपन्न गरिव परिवारको आयआर्जनको लागि सिप मुलक रोजगार कार्यक्रमहरु सञ्चालन गरिने बताउनु भएको छ ।
सिप मुलक तालिमहरु मार्फत विपन्न परिवारको नियमित आम्दानीको स्रोतको व्यवस्थापन गर्न सकिने भन्दै सबै नागरिकको हातमा सिप बिकासको लागि नगरपालिका लाग्ने उहाँले बताउनुभयो । उहाँले विपन्न तथा गरिव परिवारलाई केही दिनको लागि खाना दिनु भन्दा नियमित आम्दानीको स्रोतको लागि सिप मुलक तालिम दिदा निकै प्रभावकारी हुने बताउनुभयो ।
उहाँले मध्यविन्दु–१५ हर्राबासटारमा नगरपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा) मार्फत स्थानीय विपन्न परिवारका महिलाहरुको लागि सात दिने चुरा पोते बनाउने सिप विकास तालिमको उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो ।
उहाँले स्थानीय समुदायले पहिचान गरेको क्षेत्रमा सिप विकासको लागि मेड्पा मार्फत भइरहेको कार्यक्रमहरुलाई प्रभावकारी बनाउन समेत कर्मचारीहरुलाई निर्देशन दिनुभयो । उहाँले सञ्चालित सिप पछि उत्पादन हुने बस्तुको बजारीकरणको लागि समेत नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मध्यविन्दु–१५ हर्राबासटारका वार्षीक आम्दानी ३८ हजार १२९ रुपैया भन्दा कम आम्दानी भएका परिवारका १७ जनालाई चुरा तथा पोते बनाउने तालिमको शुरुवात गरिएको हो ।
तालिमको उद्घाटन कार्यक्रममा मध्यविन्दु नगरपालिकाका उपप्रमुख पूर्णकला चौधरी, वडा सदस्यहरु अर्चना कुमाल र चुनमाया सुनार लगायतको आतिथ्यता रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |