२०८१ बैशाख १७, सोमबार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भैरहवा सिद्धार्थनगर–५ स्थित ३ नम्बर नापी कार्यालयको क्वार्टरमा कार्यरत एक जना कर्मचारी ३० हजार घुससहित पक्राउ गरेको छ ।
सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा आयोगको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही कार्यालयमा कार्यरत अमिन टेकबहादुर रायमाझी रहेका छन् ।
आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उनले सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिएका थिए । घुस लिएकोे उजुरी परेपछि उक्त उजुरीका आधारमा उनलाई पक्राउ गरिएको भण्डारीले बताए ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |