२०८० मंसिर २५, सोमबार
कावासोती । कावासोती १२ मा रहेको डाइमण्ड युथ सोसाइटी नव निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ ।
मंगलबार एक कार्यक्रमकाबीच वडा कार्यालय परिसरमा कावासोती – १२ मा नव निर्वाचित वडा अध्यक्ष दिपेश खनाल ( ध्रुव ) सहित वडा सदस्यहरु सबैलाई सम्मान गरिएको डाइमण्ड युथ सोसाइटीका सचिव नैनाराम थनेतले जानकारी दिनुभयो ।
डाइमण्ड युथ सोसाइटीका अध्यक्ष लीलामणि खनालले माला र खादा लगाएर जनप्रतिनिधिहरूलाई सम्मान गर्नुभयो । भने , मायाको चिनो समेत प्रदान गर्नुभयो ।
उहाँले नव निर्वाचित जनप्रतिनिधिलाई गाउँको विकास र वडाभित्र रहेका विभिन्न समस्याको समाधान गर्न सक्रिय रुपमा लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा डाइमण्ड युथ सोसाइटीका पदाधिकारी , सदस्य , शुभचिन्तक तथा स्थानीयको सहभागिता रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |