२०८० मंसिर १६, शनिबार
कावासोती । नवलपुरको हुप्सेकोटमा जंगली च्याउ खाँदा एकै घरका पाँच जना सहित ६ जना बिरामी परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार हुप्सेकोट पाँच नाम्जाकोट निवासी ६७ वर्षकी जासु सोती मगरको परिवारका पाँच जना र हुप्सेकोट एक जुकेपानीकी ४५ वर्षकी मीना कुमारी सोमै बिरामी पर्नुभएको हो ।
जासुको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । उहाँका छोरा ३२ वर्षको गम्भिर सोती मगर , बुहारी २६ वर्षकी तिलीसरा सोती मगर , ६ वर्षकी नातिनी रबिना सोती मगर , पाँच वर्षकी नातिनी अस्मिता सोती मगर बिरामी परेका हुन् ।
गम्भिर घाइतेलाई भरतपुर रिफर गरिएको र अन्यको मध्यबिन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जुकेपानीकी मीना सोमैलाई पनि जिल्ला अस्पतालमा सामान्य उपचारपछि भरतपुर रिफर गरिएको छ ।
जासुको परिवारले हिजो जंगलबाट खोजेर ल्याएको च्याउ पकाएर खाएका थिए । हिजो साँझ साढे ६ बजेतिरबाट उनीहरु बिरामी पर्न थालेपछि अस्पताल ल्याईएको हो ।
नवलपुरमा जंगली च्याउ खाएर बिरामी पर्ने घटना वर्षेनी हुने गरेको छ । विशेषगरि जिल्लाको पहाडी भेगमा यस्ता घटना हुने गरेको छ । कतिपयले ज्यानै गुमाउनुपरेको छ । कतिपय जंगली च्याउ विषालु हुने भएकाले समयमै उपचार नपाए ज्यानै लिन्छ । आम नागरिकलाई विषालु च्याउका बारेमा सचेतना जगाउन जरुरी रहेको सरोकारवालाहरू बचाउँदछन् । वर्षेनी यस्ता घटना भए पनि सम्बन्धित निकायले रोकथामका लागि कुनै चासो नदिदा पटक पटक यस घटना दोहोरिरहेको सरोकारवालाको भनाई छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |