२०८० मंसिर २५, सोमबार
कावासोती । भर्खर सम्पन्न स्थानीय तह निर्वाचनमा नवलपुरमा अध्यक्ष र उपप्रमुखमा दुई जना दोहोरिनु भएको छ ।
आठ वटा स्थानीय तह रहेको नवलपुरमा गत निर्वाचनमा हुप्सेकोट गाउँपालिकामा अध्यक्ष लक्ष्मी पाण्डे र देवचुली नगरपालिकाको उपप्रमुखमा पार्वता तिवारी विजयी हुनुभएको थियो । अध्यक्ष पाण्डे नेपाली काङ्ग्रेसको तर्फबाट विजयी हुनुभएको थियो । भने , उपप्रमुख तिवारी एमालेको तर्फबाट विजयी हुनुभएको थियो । अहिले सम्पन्न निर्वाचनमा पनि यी दुई जना विजयी हुनुभएको हो । हुप्सेकोटको अध्यक्षमा विजयी पाण्डेले गत निर्वाचनमा आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मेक बहादुर पुलामीलाई २४३ मतान्तरले पराजित गर्नुभएको थियो । पाण्डेले ४५९२ मत पाउनुभएको थियो । भने , पुलामीले ४३५८ मत पाउनुभएको थियो ।
अहिले सम्पन्न निर्वाचनमा पाण्डेले एमालेकै उम्मेद्वार चेत बहादुर रानालाई ७१४ मतले पराजित गर्दै विजयी हुनुभएको छ । पाण्डेले ६४५५ र रानाले ५७४१ मत पाउनुभयो ।
यसैगरी देवचुली नगरपालिका उपप्रमुखमा पार्वता तिवारी दोश्रो कार्यकालका लागि दोहोरिनु भएको हो । गत निर्वाचनमा तिवारीले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसकी लक्ष्मी बस्ताकोटीलाई ३५९ मतान्तरले पराजित गर्नुभएको थियो । तिवारीले ८७५१ र बस्ताकोटीले ८३९२ मत पाउनुभएको थियो । तिवारीले अहिले भने नेपाली काङ्ग्रेस सहितको गठबन्धनलाई हराउँदै विजयी हुनुभएको छ । तिवारीले गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेद्वार सत्यनारायण भुसाललाई फराकिलो मतान्तरले पराजय गर्नुभएको हो । एमालेकी तिवारीले ४५२१ मतान्तरले भुसाललाई पराजित गर्नुभयो । तिवारीले १२७४९ र भुसालले ८२२८ मत पाउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |