२०८० मंसिर १४, बिहिबार
कावासोती नवलपुरमा भर्खर सम्पन्न स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा उम्मेद्वार बनेर जितेका मध्ये दुई जना उम्मेद्वार गत निर्वाचनमा पराजय भोगेका उम्मेद्वार हुन् ।
गत निर्वाचनमा प्रमुख पदमा मध्यबिन्दु नगरपालिकामा भिमलाल अधिकारी , र देवचुली नगरपालिकामा हरि प्रसाद न्यौपानेले पराजय भोग्नुभएको थियो । तर , अहिले दुबै जनाले नै विजयी हासिल गर्नुभएको छ । यी दुबै उम्मेद्वार नेकपा एमालेबाट निर्वाचित हुनुभएको हो ।
देवचुली नगरपालिकामा निर्वाचित हरि प्रसाद न्यौपाने गत निर्वाचनमा नेपाली काङ्ग्रेसका पूर्ण कुमार श्रेष्ठसँग पराजित हुनुभएको थियो । श्रेष्ठले न्यौपानेलाई ६९ मतान्तरले पराजित गर्नुभएको थियो । श्रेष्ठले ८५७९ मत पाउनुभएको थियो भने , न्यौपानेले ८५१० मत पाउनुभएको थियो । अहिले सम्पन्न निर्वाचनमा भने न्यौपानेले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका अशोक बस्ताकोटीलाई फराकिलो मतान्तरले पराजित गर्नुभयो । न्यौपाने एक हजार ५ सय ९६ मतान्तरले विजयी हुनुभयो । न्यौपानेले १२८०६ मत पाउनुभयो भने , बस्ताकोटीले ११२१० मत पाउनुभयो । अहिले नेपाली काङ्ग्रेस सहितको पाँच दलीय गठबन्धलाई हराउँदै न्यौपानेले जित हात पार्नुभएको हो ।
यस्तै मध्यबिन्दु नगरपालिका प्रमुखमा निर्वाचित एमालेका भिमलाल अधिकारी गत निर्वाचनमा पराजित हुनुभएको थियो । उहाँलाई नेपाली काङ्ग्रेसका चन्द्र बहादुर रानाले पराजित गर्नुभएको थियो । गत निर्वाचनमा अधिकारी रानासँग ९३३ मतान्तरले पराजित हुनुभएको थियो । रानाले १०९९७ मत पाउनुभएको थियो । भने अधिकारीले १००६४ मत पाउनुभएको थियो । अहिले सम्पन्न निर्वाचनमा भने उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका सूर्य गुरुङलाई १५६७ को फराकिलो मतान्तरले पराजित गर्नुभयो । अधिकारीले १६२१२ र गुरुङले १४६४५ मत पाउनुभयो । यहाँ पनि नेपाली काङ्ग्रेस सहितको पाँच दलीय गठबन्धन लाई पराजित गर्दै एमालेका अधिकारी विजयी हुनुभएको हो ।
भर्खर सम्पन्न स्थानीय तहको नतिजाले मुख्य दुई दल नेकपा एमाले र नेपाली काङ्ग्रेसले नसोचेको परिणाम पाए । गत निर्वाचनमा ६ वटा पालिका प्रमुख जितेको काङ्ग्रेस अहिले दुई वटा पालिकामा सीमित भयो । भने , गत निर्वाचनमा दुई वटा पालिका प्रमुख पाएको एमालेले अहिले ६ वटा पालिका प्रमुख पायो । त्यसमध्ये पनि तिन वटा नगरपालिकामा प्रमुख उपप्रमुख दुवै र दुई वटा गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष दुवै पदमा एमालेले जित निकाल्यो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |