२०८० मंसिर २४, आईतबार
कुलमणी ढुङ्गाना । बौदीकाली । पाँच वर्षअघि नवलपरासी पूर्व नवलपुर र तनहुँ जोड्ने गरि कालिगण्डकी नदिमा निर्माण सुरु गरिएको पुल अलपत्र परेको छ । नवलपरासी पूर्व नवलपुरको बौदीकाली –३, रकुवा र तनहुँको घिरिङ्ग सुन्धारा –१, जगौली जोड्ने गरि कालिगण्डकी नदिमा बनाउन लागिएको पुल निर्माणको कार्य अलपत्र परेको हो ।
तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरि २०७४ मङ्सिरमा निर्माण सम्झौता भएको पुलको काम १५ प्रतिशत मात्र सम्पन्न भएको छ । पुल निर्माणको ठेक्का लिएको महावीर, गौरीपार्वती , नीलगिरी नेशनल जेभीले समयमा नै काम नगर्दा पुल निर्माणको काम अलपत्र परेको हो ।
पुलका लागि ल्याइएको सामग्रीहरू यत्रतत्र छरिएका छन् । छड लगायतको सामग्री खिया लाग्न सुरु गरेको छ । पुल निर्माण स्थलको बौंदीकाली ३ रकुवा तर्फमा दुई पिल्लर बाहेक कुनै काम हुन सकेको छैन । पुल निर्माण स्थलमा बेलाबेला १०÷१२ जना कामदार ल्याउने र केही काम गर्ने गरेको भए पनि २०७९ बैशाख देखि निर्माण स्थलमा कामदार हरु आएका छैनन् । बर्षाको समयमा यसै काम नहुने र अहिले काम गर्न मिल्ले समयमा समेत निर्माणको काम नगरी अलपत्र पारेको स्थानीयले समेत गनासो गरेका छन्।
पुल निर्माणको काम २०७७ मङ्सिरमा सम्पन्न गर्नुपर्ने सम्झौता भएको भएता पनि पछि २०७८ चैत भित्र सम्म सम्पन्न गर्ने गरि म्याद थप गरिएको थियो । त्यस पछि म्याद थप नभएको पुल योजना सेक्टर नं. ४ पोखराका डिई नवराज बास्तोलाले बताउनुभयो ।
सरकारले काममा लापरवाही गर्ने र समयमा नै काम नगर्ने निर्माण कम्पनीलाई कारवाही गर्ने भनेपनि निर्माण सम्पन्न गर्नु पर्ने समय समाप्त भैसकेको यस्ता कम्पनीलाई कारवाही अघि नबढाएको स्थानीय श्याम पाटाको गुनासो छ ।
पुल निर्माणका विषयमा निर्माण कम्पनी महाबिर, गौरीपार्वती ,नीलगिरी नेशनल जेभीका प्रतिनिधि युवराज डाँगीसँग बुझ्दा निर्माण सामग्रीको भाउ बढेको ले मूल्य समायोजन नभए सम्म काम गर्न नसकिने बताउनुभयो ।
सुपरीवेक्षण गर्ने निकाय पुल योजना क्षेत्र सेक्टर नं ४ का सव इन्जिनियर सुशील अधिकारीले हालसम्म काम सम्पन्न भइसक्नुपर्नेमा पटकपटक निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिइरहेको बताउनुभयो । इन्जिनियर अधिकारीले भन्नुभयो‘ सम्झौता अनुसार काम नगरिदिँदा पुल निर्माणको काम १५ प्रतिशत मात्र भएको छ, हामिले ताकेता गरिरहेका छौं ।’ कुल रु. २२ करोड ९८ लाखको लागतमा निर्माण सुरु गरिएको पुल २११ मिटर लम्बाइको हुनेछ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |