२०८० मंसिर २०, बुधबार
कावासोती । भर्खर सम्पन्न स्थानीय तह निर्वाचनमा नवलपुरमा एक गाउँपालिकाको उपाध्यक्षमा पुरुष निर्वाचित हुनुभएको छ ।
हुप्सेकोट गाउँपालिकामा उपाध्यक्षमा नेपाली काङग्रेसबाट पूर्णसिंह राना निर्वाचित हुनुभएको हो । उहाँले आफ्ना निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेकी मनि पाण्डेलाई ९६७ मतान्तरले पराजित गर्नुभयो । रानाले ६७०५ मत पाउनुभयो । भने , पाण्डेले ५७३८ मत पाउनुभयो । यहाँ गत निर्वाचनमा अध्यक्ष उपाध्यक्ष दुवै पदमा महिला निर्वाचित हुनुभएको थियो । अहिले सम्पन्न निर्वाचनबाट उपाध्यक्षमा निर्वाचित हुनभएका राना जिल्लाबाट उपमा विजयी हुने एक मात्र पुरुष हुनुहुन्छ । जिल्लाका आठ स्थानीय तहमध्ये सात वटा स्थानीय तहमा उपप्रमुख र उपाध्यक्ष सबै महिला हुनुहुन्छ ।
गत निर्वाचनमा समेत जिल्लामा उपप्रमुखमा एक जना मात्रै पुरुष निर्वाचित हुनुभएको थियो । कावासोती नगरपालिकामा प्रेम शंकर मर्दनीथा थारुले निर्वाचनमा विजयी हासिल गर्नुभएको थियो । उहाँ नेकपा एमलेबाट निर्वाचित हुनुभएको थियो । यहाँ प्रमुखमा महिला निर्वाचित हुनुभएको थियो । एमालेबाट नै चन्द्र कुमारी पुन निर्वाचित हुनभएको थियो । गत निर्वाचनमा कावासोती बाहेकका अन्य सात पालिकाको उपप्रमुख र उपाध्यक्षमा महिला नै हुनुहुन्थ्यो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |