२०८० मंसिर २४, आईतबार
कावासोती । नवलपुरको देवचुली नगरपालिकामा गठबन्धनका उम्मेद्धारलाई फराकिलो मातान्तरले पराजित गर्दै नेकपा एमालेका उम्मेद्धार विजयी भएका छन् ।
नगर प्रमुख र उपप्रमुख दुवैमा नेकपा एमालेका उम्मेद्धार विजयी भएका हुन् । अध्यक्षमा हरि न्यौपाने विजयी हुनुभएको हो । उहाँले आफ्ना निकटतम प्रतिद्धन्द्धी गठबन्धनका लार्फबाट नेपाली काङग्रेसका उम्मेद्धार अशोक बस्ताकोटीलाई एक हजार ५ सय ९६ मतान्तरले पराजय गर्नुभयो । न्यौपानेले १२८०६ मत पाउनुभयो भने , बस्तोकोटीले ११२१० मत पाउनुभयो । यस्तै उपप्रमुखमा एमालेकी पार्वता तिवारी विजयी हुनुभएको छ । तिवारीले आफ्ना निकटतम प्रतिद्धन्द्धी गठबन्धनतर्फ आमोवादी केन्द्रका सतयनारायण भुषाललाई फराकिलो मतान्तरले पराजय गर्नुभएको हो । एमालेकी तिवारीले ४५२१ मतान्तरले भुषाललाई पराजित गर्नुभयो । तिवारीले १२७४९ र भुषालले ८२२८ मत पाउनुभयो । यस अघि यहाँ प्रमुखमा न्यौपानेले पराजय भोग्नुभएको थियो । भने , उपप्रमुख तिवारी दोश्रो कार्यकालका लागि पुन विजयी हुनुभएको हो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |