कावासोती। पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा पाँच वटा वडामा मतगणना सम्पन्न भइसकेको छ । मतगणना सकिएका सबै वडामा नेपाली कांग्रेसका उम्मेद्वारहरु विजयी भएका छन् ।
हुप्सेकोट गाउँपालिका वडा नम्बर १ मा प्रेम बहादुर घर्ती मगर १८० को मतान्तरले प्यानलसहित वडा अध्यक्षमा विजयी हुनुभएको छ । वडा नम्बर २ मा ९३ मतले कृष्ण बहादुर थापा, वडा नम्बर ३ मा १४२ मतले विष्णु राना, वडा नम्बर ५ मा पदम बहादुर राना ३९३ मतान्तरले र वडा नम्बर ६ मा छाम बहादुर सोमैले १०१ मतान्तरले कांग्रेसको प्यानल विजयी हुनुभएको छ ।