२०८० मंसिर २५, सोमबार
परासी । पश्चिम नवलपरासीका ७ वटा स्थानीय तहमध्ये ४ पालिकाको प्रमुख पदमा एमालेको अग्रता छ। ३ वटा पालिकाको प्रमुख पदमा कांग्रेसको अग्रता छ। उपप्रमुखमा ३ पालिकामा एमाले र १ पालिकामा कांग्रेसको अग्रता छ। अन्य ३ पालिकाका उपप्रमुखमा २ पालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी र १ पालिकामा एमालेसँग गठबन्धनबाट उमेदवार दिएका राष्ट्रिय जनमुक्ती पार्टीले अग्रता लिएका छन्।यसैबीच आइतबार मध्यान्हसम्म ९ वटा वडाको परिणाम सार्वजनिक भएको छ। जसमा नेपाली कांग्रेसका ३, एमालेका २ र माओवादी केन्द्र र राप्रपाको २र२ र जसपाका १ जना उमेदवार वडाअध्यक्ष निर्वाचित भएका छन्। रामग्राम नगरपालिकाको वडा नं। १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवार रुद्र प्रकाश उपाध्याय र सोही पार्टीका वडा नं। ३ का उमेदवार उज्वल न्यौपाने९बेबी० वडाअध्यक्ष पदमा निर्वाचित भएका छन्। वडा नं। २ को वडाअध्यक्षमा जनता समाजवादी पार्टी९जसपा०का उमेदवार निरज रौनियार निर्वाचित भएका छन्।
त्यस्तै सुनवल नगरपालिकाको वडा नं। १ मा एमालेका मनबहादुर थापा वडाअध्यक्षमा निर्वाचित भएका छन्। वडा नं। २ मा एमालेकै राजेन्द्र यादव वडाअध्यक्षमा निर्वाचित भएका छन्।
बर्दघाट नगरपालिकाको वडा नं। १ मा नेपाली कांग्रेसका सन्दिप सापकोटा वडाअध्यक्षमा निर्वाचित भएका छन्। प्रतापपुर गाउँपालिकाको वडा नं। १ को वडाअध्यक्षमा नेपाली कांग्रेसका महेन्द्र बहादुर थारुसहितको प्यानल निर्वाचित भएको छ। जसअनुसार सरावल गाउँपालिका वडा नं। ७ को वडाअध्यक्षमा माओवादी केन्द्रका ह्यात खाँ धुनियासहितको प्यानल निर्वाचित भएको छ। पाल्हीनन्दन गाउँपालिका वडा नं। १ को वडाअध्यक्षमा नेपाली कांग्रेसका चुल्हाई प्रसाद यादवसहितको प्यानल निर्वाचित भएको छ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |