२०८० मंसिर २४, आईतबार
कावासोती । स्थानीय तहको निर्वाचन वैशाख तीस गते अर्थात भोलि हुँदै छ । भोलि बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुने छ । मतदान पछि कावासोती नगरपालिका भित्र रहेका सबै मतदान स्थलका मतपेटिका कावासोती नगरपालिकाको कार्यालयमा ल्याइने छ । कावासोती नगरपालिकाको सभाहलमा यस पटक मतगणना हुनेछ ।
मतगणनाको लागि मतगणना स्थललाई तारजालीले घेरिएको छ । मतगणनाको समयमा सुरक्षा प्रबन्धका लागि मतगणना स्थललाई तारजालीले घेरिएको हो । यसै गरि मतगणना स्थलमा सिसि टिभी क्यामेरा समेत जडान गरिएको छ । मतगणना स्थलमा तारजालीले घेरेको बाहिर दलका प्रतिनिधि र भित्र कर्मचारी गणनाका लागि खटिने छन् । कावासोतीको मतपेटिका साँझ नगरपालिका आइसकेपछि राति करिब १० बजे सम्ममा गणना गर्ने सम्भावना रहेको जनाइएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |