२०८० मंसिर २४, आईतबार
डेढगाउँ । स्थानीय तहको निर्वाचनको मतदान हुन अब केही घण्टामा बाँकी रहेको छ । मौन अवधि सुरु हुनुपूर्व उम्मेदवारहरु घरदैलोको मैजारो गर्ने तयारीमा छन् । मतदाता तीस गते सक्षम उम्मेदवार चुन्न प्रतिक्षामा रहेका छन् । जिल्लाको बौदिकाली गाउँपालिकामा अन्तिम दिन समेत घरदैलो जारी छ । एमालेबाट उम्मेदवार बन्नुभएका प्रकाश ओझा आफ्ना एजेण्डा बोकि मतदाता समक्ष पुग्नु भएको छ । शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास सँगै गाउँपालिका भरी सफा र सुरक्षित खानेपानी व्यवस्था पुयाउन एक घर एक धारा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्ने एजेण्डा आफ्नो रहेको अध्यक्ष पदका उम्मेदवार ओझाले बताउनुभयो । यस्तै डेढगाउँ र रकुवाको लागि लामो समयदेखि निर्माणाधिन वृहत खानेपानी आयोजना आगामि १ वर्ष भित्र पुरा गर्ने । उच्च पहाडी भुभागमा रुचाङ, नरम, बोबक, मिथुकरम, रकुवामा रहेका वस्तीहरुमा लिफ्टीङ प्रविधिबाट सफा खानेपानीको प्रबन्ध गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
स्थानीय मुल बाट विगतमा सम्पन्न भएका खानेपानी योजनाहरु संरक्षण गर्दै स्तरोन्नती गर्ने समेत उहाँले बताउनुभयो । गाउँपालिका भित्र रोजगारी शिर्जना गर्नकालागि आइडिया बैंक स्थापना गरी गाउँपालिका भित्र र बाहिरका बौद्धिक सम्पत्तिहरु एकत्रित गरी रोजगारी शिर्जनामा लगाउने योजना रहेको उहाँको भनाई छ । ‘गाउँ खाली हुदै गएका छन्, युवाहरु विदेश जानुपर्ने अवस्था छ, यहि रोजगार शिर्जना कसरी गराउन सकिन्छ भन्ने मुख्य चिन्ता हो, हामि निर्वाचित भए सबैको सल्लाहामा रोजगारी सिर्जनामा काम गर्ने छौ’ अध्यक्ष पदका उम्मेदवार प्रकाश ओझाले भन्नुभयो । यस्तै विद्यालय तह वा माथि विभिन्न कारणले पढाई छोडेकाहरुलाई व्यावासयिक सीप तथा तालीम दिई स्वरोजगारी तथा रोजगारी मार्फत आत्मनिर्भर बनाउने, वैदेशिक रोजगारी माथिको निर्भरता कम गर्दै लाने, कृषिमा आधारित उद्योगहरु स्थापनाको लागि आन्तरिक तथा बाह्य स्रोतको व्यवस्था गर्ने हरेक वर्ष कम्तिमा १० जना लाई रोजगार दिन सक्ने गरी २० जना नव उद्यमीहरु उत्पादनमा प्रोत्साहन गर्ने, सहुलियत ऋणको व्यवस्थापन गर्ने, कामदार र रोजगारदातालाई प्राविधिक तथा व्यावसायिक तालीममा समन्वय दिई उद्यम संचालन गर्ने आफ्नो योजना रहेको उहाँले बताउनुभयो । डेढगाउँमा स्थापना हुने मिनि औद्योगिक ग्रामको काम तिब्र रुपमा अगाडि बढाउने , प्रत्येक वडामा कृषि सहकारी स्थापना, हाल संचालनमा रहेका सहकारीहरुलाई समेत कृषि तथा उत्पादनमा लगाउने , भष्ट्राचारमुक्त प्रशासन बनाउने, भ्रष्ट्राचारीलाई कडा भन्दा कडा कारवाहीको दायरामा ल्याउने, सार्वजानिक सुशासनमा प्रतिबद्ध रहने , सार्वजानिक सेवा प्रवाह लाई सरल गर्ने, आधुनिक प्रविधियुक्त जनउत्तरदायी प्रशासनमा जोड दिने अध्यक्ष पदका उम्मेदवार ओझाले बताउनुभयो ।
ज्येष्ठ नागरिकको सहजताको लागि बैंकिङ माध्यमबाट हाल भैरहेको सामाजिक सुरक्षा भत्ता वितरण कार्य लाई वडास्तरबाटै वितरण गर्ने प्रबन्ध गर्ने, गाउँपालिका तथा वडाका कामहरु अनलाइन माध्यमबाट गर्ने गरी व्यवस्था गर्ने , गाउँपालिका केन्द्र, वडा केन्द्र, पालिका भरी रहेका स्वास्थ्य तथा शिक्षाका इकाइहरु जोड्ने लिङ्क रोड लाई एक वर्षभित्र बाह्रै महिना चल्ने गरी स्तरोन्नती गर्ने । बाँैदीखोला कोरिडोर, निरिन्दीखोला कोरिडोरको अर्न्तगत दुई ठूला खोला कृषि सडक निर्माण गर्ने । ठूला खोला भएर व्यवस्थित चालु योजनामा रहेका संघीय तथा प्रादेशिक सडकहरु कालिगण्डकी कोरिडोर, उत्तर दक्षिण रणनितिक सडकहरुको द्रुत निर्माणका लागि पहल गर्ने । पालिका वडा भित्रका मुख्य सडकहरु पक्की गर्दै सड़क सोलार बत्ति जडान गर्ने लगायतका आफ्ना प्रतिवद्धता रहेको उहाँको भनाई छ । विद्युतीकरणको क्रममा रहेका वडाहरुमा आगामि एक वर्ष भित्र राष्ट्रिय प्रशारण लाइनको विद्युत पुयाउने ।
राष्ट्रिय प्रशारण पुगि हाल अलपत्र रहेको स्थानीय उत्पादनका लघु विद्युतगृहहरुलाई संरक्षण गर्दै सो बाट उत्पादित उर्जालाई खानेपानी लिफ्टिङमा प्रयोग गर्ने तथा आवश्यकता अनुसार सहकारी मार्फत लघु उद्यम संचालन गर्ने समुह वा फर्मलाई लिजमा दिने योजना रहेको उहाँले बताउनुभयो । कृषि तर्फ खेतियोग्य जमिन बाँझो नराख्ने गरी कार्यक्रम सञ्चालन गर्ने , बाँझो रहेका सरकारी तथा सार्वजनिक खेतियोग्य जमिनलाई सहुलियत लिजमा खेति गर्ने । कृषि सहकारी स्थापना गरी उत्पादन तथा बजारीकरणमा सहायता । वडा वडामा नियमित कृषि उपज प्रदर्शन, प्रतियोगिता उत्पादनमा आधारित कृषि अनुदानको प्रवन्ध , सिँचाइ सुविधा नपुगेको टार र फाँटहरुमा लिफ्टीङ प्रविधिबाट सिँचाइ सुविधा प्रदान गरी उत्पादकत्व बढाउने , डेढगाउँ मा।वि।मा रहेको कृषि प्राविधिक विषयको विद्यार्थीहरुलाई समुदाय स्तरमा सम्बन्ध बढाउने, कृषिमा बढ्दै गएको परनिर्भरता हटाउन उच्च प्रविधियुक्त कृषि कार्यक्रम, किसानलाई तालीम, सहुलियत मल, बिउ, वडास्तरमा सहजै उपलब्ध हुने गरी कृषि तथा पशु स्वास्थ्य प्राविधिकको व्यवस्था आगामि पाँच वर्ष भित्र कृषिमा भैरहेको आयात प्रतिस्थापन गर्दै नगदे बाली, दुध, मासुजन्य उत्पादन निर्यात गर्ने, अन्न वालीमा आत्मनिर्भरतामा लाने आफ्नो योजना रहेको एमालेबाट अध्यक्ष पदका उम्मेदवार प्रकाश ओझाले बताउनुभयो ।
आफु समग्र बौदिकाली गाउँपालिकाको विकासको पक्षमा रहेकाले विकास चाहने हरेक जनताले आफुलाई मत दिएर विजयी बनाउने आफुले विश्वास गरेको ओझाले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |