२०८० मंसिर २०, बुधबार
डेढगाउँ । स्थानीय तहको निर्वाचन संघारमा आएको छ । दलहरु आफ्ना एजेण्डा बोकी घरदैलोमा पुगिरहेका छन् । जिल्लाको पहाडि क्षेत्र बौदिकालीमा समेत चुनावी सरगर्मी बढेको छ । गाउँपालिकामा एमालेबाट अध्यक्ष पदका उम्मेदवारया प्रकाश ओझा चुनावी मैदानमा रहनुभएको छ । मतदातालाई गाउँको विकासमा आफुले गर्ने एजेण्डा बताउदै घरदैलोमा खटिनुभएका ओझाले यहाँको शिक्षा ,स्वास्थ्य र पूर्वाधार विकासमा आफु निर्वाचित भए परिवर्तन देखिने गरि काम गर्ने बताउनुभयो । घरदैलोका क्रममा बोल्दै पाँच वर्ष सम्म देखिने गरि कुनै काम नभएको बताउदै अब आफु निर्वाचित भए योजनाबद्ध रुपमा गाउँको विकासमा कामगर्ने बताउनुभयो । अन्य दलले भ्रमको खेती गरेको बताउदै अब यस पटक हरेक मतदातालाई गम्भिर भएर सोचर मतदान गर्न आग्रह गर्नुभयो । उहाँले आफुँ गाउँकै विकास गर्नुपर्छ भन्ने मान्यता बोकी गाउँ परिवर्तनकालागि खट्ने समेत बताउनुभयो । शिक्षामा शिक्षामा गुणात्मक सुधार गर्दै हाल सञ्चालनमा रहेका सरकारी विद्यालयहरुको भौतिक सुधार, शतप्रतिशत भर्नादर कायम गर्ने । पाइलटिङको रुपमा एक सरकारी विद्यालयलाई नमुना आवासीय विद्यालयको रुपमा संचालन गर्ने, अन्य विद्यालयमा क्रमशः लागु गर्ने । तल्लो कक्षाबाट नै कक्षा छोड्ने दरलाई निरुत्साहित गर्न विद्यालय समय भन्दा बाहेक अनौपचारिक सिकाइ केन्द्र मार्फत निःशुल्क अध्यापन गर्ने आफ्नो एजेण्डा रहेको बताउनुभयो । शिक्षानै विकासको आधार भएकाले यस क्षेत्रमा आफुँले लगानी गर्ने बताउनुभयो ।
मेरो गाउँमा मेरै प्राविधिक कार्यक्रम अन्तंगत प्रत्येक वडामा आवश्यक प्राविधिक जनशक्ति पहिचान गरी छात्रवृत्तिमा अध्ययनका लागि छनौट गर्ने, पढ्दै कमाउँदै कार्यक्रम लागु गर्ने जस्ता आफ्नो एजेण्डा रहेको अध्यक्ष पदका उम्मेदवार ओझाले बताउनुभयो । आफु गाउँपालिकाको परिवर्तको लाग्ने भएकाले मतदाताले आफुलाई विजयी बनाउने विश्वास रहेको उहाँले बताउनुभयो । मतदाता अहिले सचेत छन्, उनिहरु परिवर्तनको पक्षमा मत गर्छन भन्ने विश्वास छ , ओझाले भन्नुभयो ।
बौदिकालीको समग्र विकासको पक्षमा रहेका मतदाताले आफुलाई मत दिएर विजयी बनाउने आफुमा विश्वास रहेको ओझाले बताउनुभयो । ‘चुनाव हो कुनै चिन्ह लिएर मैदानमा छु , तर मेरो एजेण्डा यहाँका जनताको एजेण्डा हो, बौदिकालीको विकास र समृद्धिको एजेण्डा हो, गाउँ परिवर्तनको एजेण्डा हो, यसकारण पनि हिजो अन्य चिन्हमा मत दिनेहरु पनि अहिले विकासको एजेण्डालाई जिताउन सुर्य चिन्हमा मत दिनुहुनेछ भन्ने विश्वास छ’ अध्यक्ष पदका उम्मेदवार ओझाले भन्नुभयो ।
सहज स्वास्थ्य पहुँचका लागि नेकपा एमालेको सरकारको पालामा सुरु भै निर्माणधिन १५ बेडको अस्पताल (प्राथमिक स्वास्थ्य केन्द्र( को निर्माण छिटो भन्दा छिटो सम्पन्न गर्ने । गाउँपालिकाको सबै स्थानबाट अधिकतम ४५ मिनेटमा १५ बेडको अस्पताल ( प्राथमिक स्वास्थ्य केन्द्र )सम्म आउन सकिने व्यवस्था गर्ने ।जटिल स्वास्थ्योपचार कोष स्थापना गरी आर्थिक रुपमा विपन्न व्यक्तिहरुको स्वास्थ्योपचारमा सहयोग गर्ने । प्रत्येक वडामा एम्बुलेन्सको व्यवस्था गर्ने आफ्नो लक्ष्य रहेको एमालेबाट अध्यक्ष पदका उम्मेदवार ओझाले बताउनुभयो । गाउँपालिकाको पायक पर्ने स्थानमा ट्रमा सेन्टर स्थापनाको पहल गर्ने समेत उहाँले बताउनुभयो ।
समग्र गाउँपालिकाको भौतिक पूर्वाधारलाई समेट्न आगामी ६ महिनाभित्र सक्ने गरी पालिका भित्रका सडक, ठूला साना पुल, कल्भर्ट, व्यवस्थित पार्क, खेलमैदान आदि संरचना निर्माणको गुरुयोजना निर्माण गर्ने र सोही अनुसार काम गर्ने आफ्नो लक्ष्य रहेकाले बौदिकालीको विकासका लागि आफुलाई मत दिएर बिजयी बनाउन उहाँले सबै मतदातामा आग्रह गर्नुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |