२०८० मंसिर १४, बिहिबार
कावासोती । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदातासँग भेटघाट गरेर मत माग्न र आफ्ना योजना सुनाउन अहिले उम्मेदवारहरू घरदैलोमा व्यस्त छन् । यसैक्रममा नेकपा एमाले कावासोती दुईले समेत घरदैलो अभियान जारी राखेको छ । कावासोती वडा नम्बर दुईमा एमालेका वडा अध्यक्षका उम्मेदवार लक्ष्मी प्रसाद पौडेलको नेतृत्वमा घरदैलो अभियान जारी छ ।
आज वडा नम्बर दुई अन्तरगत पञ्चकन्या चोकबाट गणेशचोक हुँदै मुख्य राजमार्ग क्षेत्र र नगरपालिका रोड क्षेत्रमा वडा नं. दुई एमालेको उम्मेदवारहरूले घरदैलो अभियान गरिएको वडा अध्यक्षका लक्ष्मी प्रसाद पौडेलले बताउनुभयो । पौडेलले गत निर्वाचनमा पनि विजयी हासिल गरेर वडाको विकासका लागि दिनरात खटिनुभएको थियो । विगतको आफ्नो कार्यकालमा वडाको बाटोघाटो ( पूर्वाधार विकास ) शैक्षिक क्षेत्र र रोजगार सृजना गरेर युवालाई विदेश पलायन हुनबाट रोक्ने उद्देश्यमा काम गरेको र सफल समेत भएको उहाँले बताउनुभयो । दुई नं. वडा नगरपालिकाको कार्यालय भएको वडा समेत भएकाले यस वडालाई अन्यको तुलनामा सबै क्षेत्रको विकास गर्न जरुरी रहेकाले आफुले सोही अनुसार काम गरेको उहाँको भनाई छ । अब हुने निर्वाचनमा समेत उहाँले सूर्य चिन्हमा भोट हालेर आफूलाई जिताउन अनुरोध गर्नुभएको छ । यसपालि उहाँले वडाको समग्र विकासका लागि ४० वटा संकल्प र प्रतिबद्धता अघि सारेर मतदाता समक्ष भोट माग्नुभएको छ । बाटोघाटो मात्रै विकास नभई सामाजिक विकासले पनि ठूलो अर्थ राख्ने भएकोले सामाजिक विकास र रोजगारी सृजना गर्ने मुख्य उद्देश्य आफूले लिएको उहाँले बताउनुभएको छ ।
वडा अध्यक्ष पौडेल सहित सबै वडा सदस्यहरू घरदैलोमा हिँडेका छन् । घरदैलोमा जाँदा स्थानीय समस्याहरूको पहिचान हुने र भोलिका दिनमा त्यसको सम्बोधनका लागी समेत सहयोग मिल्ने भएकाले वडामा पुग्दा जनताले भनेका समस्यालाई समेत टिपोट गरेर जित भएपछि पुरा गर्ने सङ्कल्प साथ वडा नं. दुईका उम्मेदवारहरू घरदैलोमा पुग्नुभएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |