२०८० मंसिर १४, बिहिबार
कावासोती । कावासोती नगरपालिका वडा नं. पाँचले कृषकलाई आधुनिक कृषि औजार वितरण गरेको छ ।
शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर कृषि औजार वितरण गरिएको हो । वडा कार्यालयको ५० प्रतिशत र कृषकको ५० प्रतिशत लागतमा कृषि औजार खरीद गरिएको हो ।
वितरण गरिएको औजारहरुमा कम्बाइन राइस मिल चार थान , बङ्गुरको दाना गोटी बनाउने मेसिन एक थान , हाते ट्याक्टर तीन थान , धान काट्ने मेसिन दुई थान र च्याफकटर एक थान, रहेको कावासोती पाँचका अध्यक्ष हरि बास्तोलाले जानकारी दिनुभयो । वडाको ५० प्रतिशत अनुदान र कृषक
कृषि औजार वितरणपछि बोल्दै अध्यक्ष बास्तोलाले कृषकले माग गरे अनुसारका सेवा सुविधा उपलब्ध गराउने कुरामा पछि नहटेको बताउनुभयो । उहाँले कृषकका सबै माग पुरा गर्न नसके पनि सकेको जति काम गरेको बताउनुभयो ।
दिनमा आफ्नो कार्यकाल सकिए पनि कृषकको हकहितका लागि लागि पर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले कृषि औजारको सही सदुपयोग गर्न समेत आग्रह गर्नुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |