बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रचार प्रसार गर्नका लागि स्थापना गरिएको जनसम्पर्क कार्यक्रमको उद्घाटन समरोहमा आफ्ना भनाईहरु राख्दै एमालेबाट मेयर पदका उम्मेदवार छत्रराज पौडेलले गत कार्याकालमा आफुहरुले नगरको विकाका धेरै कामहरु भएको र केही अधुरा कामहरु बाँकी रहेकाले पुरा गर्न पुनः एमाले र राप्रपाविच संयुक्त चुनावी तालमेल गरिएको भन्दै बिजय गराउन आग्रह गर्नुभयो ।
उपमेर पदका उम्मेदवार तुलाराम पौडेलले आसन्न निर्वाचन सत्य र असत्यको बीचमा हुने महाभारतको युद्ध जस्तै भएकाले सत्यको पृष्ठपोषण गरेको एमाले र राप्रपाका उम्मेदवारहरुलाई जिताउन आग्रह गर्नुभयो ।
कार्यक्रममा वडा नं १० का वडा अध्यक्ष पदका उम्मेदवार देविदत्त कँडेलले यो निर्वाचन नेकपा एमाले र राप्रपाका लागि प्रतिष्ठाको बिषय भएकाले अवको १५ दिन दिनरात नभनी लागिपर्न आग्रह गर्नुभयो । कार्यक्रममा एमालेका जिल्ला उपसचिव यमुनाथ आचार्य, राप्रपा का केन्द्रीय सदस्य निलकण्ठ काफ्ले, एमाले नगर अध्यक्ष षडानन्द लामिछाने र राप्रपाका केन्द्रीय पार्षद चन्द्रदत्त जैशी लगायतको सहभागिता थियो ।