२०८० मंसिर २४, आईतबार
कावासोती । नेकपा एमाले कावासोती नगपालिका वडा नम्बर तीनको पार्टी कार्यालय स्थापना गरिएको छ । वडा कमिटिको कार्यालय कावासोती तीन एकता चोकमा स्थापना गरिएको हो । निर्वाचनलाई लक्षित गरि एमालेले वडा वडामा कार्यालय स्थापना गर्ने कामलाई जोड दिएको छ । साथै प्रचारका कामलाई समेत गति दिन लागेको छ ।
वडा नम्बर तीनको पार्टी कार्यालय नेकपा एमाले गण्डकी प्रदेशका सचिवालय सदस्य एवं संविधान सभा सदस्य जिवन श्रेष्ठले उद्धघाटन् गर्नुभएको हो ।
यसै गरि वडाको पार्टी कार्यालय स्थापना सँगै नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवशको अवशर पारि वडा भित्रका ज्येष्ठ नागरिकलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।
कार्यक्रम वडा कमिटि अध्यक्ष डोरमान गिरीको अध्यक्षतामा भएको थियो । कावासोती नगरपालिका वडा नम्बर तीनमा एमालेले वडा कमिटि अध्यक्ष डोरमान गिरीलाई अध्यक्षको रुपमा अगाडि सारेको छ । उहाँलाई सर्वसम्मत रुपमा वडा अध्यक्षको रुपमा अघि सारिएको छ ।
वडा नम्बर तीनले अन्य चार जना सदस्य समेत सर्वसम्मत चयन गरि सिफारिस गरेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |