२०८० मंसिर १६, शनिबार
कावासाेती । आज नेपाल कम्युनिस्ट पार्टीको ७४ ओै स्थापना दिवस । नेपालमा कम्युनिस्ट आन्दोलनको संगठनात्मक सुरुआत भएको दिनको स्मरणमा बिभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
आज नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस । नेपालमा कम्युनिस्ट आन्दोलनको संगठनात्मक सुरुआत भएको दिनको स्मरणमा बिभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
नेकपा एमाले नवलपुरले स्थापना दिवसकै अवसर पारेर नवलपुर जिल्लाकाे ९२ बटै वडा कमिटीकाे आयाेजनामा सबै वडाहरुमा जेष्ठ नागरिक सम्मान कार्यक्रम अायाेजना गरेको नेकपा एमाले जिल्ला प्रचार विभाग प्रमुख सागर पाेख्रेलले जानकारी दिनुभयाे ।
जहानियाँ राणा शासनकै समयमा २००६ बैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाईमा नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द बैद्य, नारायण विलास जोशीलगायतले नेपालमा पहिलोपल्ट नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए । पुष्पलाल पार्टीका महासचिव बनेका थिए ।
स्थापनाको सात दशकको इतिहासमा पटक–पटक कम्युनिस्टले नेपालमा शासनसत्ता चलाएका छन् । २०४६ को जनआन्दोलनपछि कम्युनिस्ट आन्दोलनले गति पाएको थियो । नेकपा एमालेले शान्तिपूर्ण संसदीय धार र तत्कालीन नेकपा माओबादीले हिंसात्मक आन्दोलनको नेतृत्व गरेका थिए ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |