२०८० मंसिर १६, शनिबार
नवलपुरको मध्यविन्दु नगरपालिका सात चोरमारामा विगतमा शनिबार लाग्दै आएको साप्ताहिक हाटबजार पहिलेको ठाउँदेखि सरेको छ ।
यस अघि बजारदेखि दक्षिणतर्फ लाग्दै आएको शनिबारे साप्ताहिक हाटबजार आजदेखि मध्यविन्दु नगरपालिकाको कार्यालयदेखि पछाडीपट्टी मंगलबार लाग्ने साप्ताहिक हाट बजार स्थलमा सरेको हो । पहिले शनिबार लाग्ने हाटबजार स्थलमा नगरपालिकाले कृषि उपज संकलन केन्द्र निर्माण गर्ने भएपछि हाटबजारलाई सारिएको हो । आजबाट मंगलबार लाग्दै आएको हाटबजार स्थलमा नै शनिबारे हाटबजार लाग्ने हाट बजार व्यवस्थापन समिति पश्चिम सेक्टरका सहसचिव पदम मोक्तानले जानकारी दिनुभयो । पहिलेको ठाउँमा शनिबार लाग्ने हाटबजार सरेर आजदेखि मंगलबार लाग्ने हाटबजार स्थलमा बजार लाग्न थालेको जानकारी उहाँले ग्राहक वर्गमा गराउनुभएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |