२०८० मंसिर २५, सोमबार
कावासोती । नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र )का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आउने चुनाव माओवादीका लागि चुनाव मात्रै नभएर ‘ब्याटल’ ( लडाईं ) भएको बताउनु भएको छ । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुलीमा भएको पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आउने चुनाव माओवादीका लागि ‘ब्याटल’ ( लडाईं ) भएको बताउनु भएको हो । कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘आउने चुनाव, हाम्रो लागि चुनवा छैन, हाम्रो लागि ब्याटल हो, लडाइ हो ,हामिले जित्दा राष्ट्रले जित्छ, हामिले हार्दा राष्ट्रले हार्छ ।’
आउने चुनाव माओवादीले हर हालतमा जित्नुपर्ने बाध्यता भएको समेत उहाँले बताउनुभयो । ‘आउने चुनाव माओवादीले हर हालतमा जित्नुपर्ने बाध्यता छ, किन छ त ? अहिले माओवादीले हार्यो भने संविधान हार्छ, गणतन्त्रले हार्छ, महिला दलित , जनजाती, थारू आदिवासी ,मधेशी सबैको प्रतिनिधित्व भएको छ यसले हार्छ , सिंहदरबारको अधिकार गाउँमा ल्याइएको छ त्यो अधिकारले हार्छ ।’ अध्यक्ष प्रचण्डले भन्नुभयो ।
संविधान विरोधीहरूले गणतन्त्रलाई उल्टाउन खोजेको भन्दै यो कुरा जनतालाई बुझाउन जरुरी उहाँले बताउनुभयो ।
देशको राजनीति अझैपनि माओवादीकै हातमा घुमेको बताउँदै अध्यक्ष प्रचण्डले गठबन्धन संघको निर्वाचन सम्म कायम रहने बताउनुभयो । ‘गठबन्धन भित्र स्थानीय तह निर्वाचनमा तालमेल गर्ने कुरा सजिलो कुरा हैन् ,सबैलाई आफ्नो पार्टीले धेरै पाए हुन्थ्यो भन्ने छ । तर स्थानीय तह देखि संघको निर्वाचन सम्म गठबन्धन कायम हुन्छ’ –अध्यक्ष प्रचण्डले भन्नुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |