२०८० मंसिर २४, आईतबार
नवलपुर । जिल्लाको मध्यविन्दु नगरपालिकामा पनि नेकपा एमालेले आसन्न स्थानीय निर्वाचन २०७९ का लागि आकांक्षी उम्मेदवारहरुको नामावली संकलन गरेको छ । एक महिना कम समय बाँकी हुँदा हिजो अकांक्षीहरुको नाम संकलन गरेको हो । मध्यबिन्दु नगरपालिकाको हिजो सम्पन्न नगर कमिटीको बिस्तारित बैठकमा मेयरमा ७ जनाले र उप मेयरमा आठ जनाले आफ्नो दाबी प्रस्तुत गरेका छन् । जस अन्तर्गत मेयर पदका लागि भिमलाल अधिकारी, बाबुराम पाण्डे सुर्य श्रेष्ठ, भोजबहादुर चौधरी , अमृत ज्ञवाली,एवजङ्ग रायमाझी र जनकलाल शर्माले दाबी गर्नुभएको हो । त्यस्तै उप मेयरमा राधा ढकाल, देवी घिमिरे,लक्ष्मी सेन,सरस्वती पन्थी, जोगमाया महतो, सुनिता रामदाम, प्रभा गिरी र दानकुमारी पाण्डेले आफ्नो दाबी प्रस्तुत गर्नुभएको हो ।
अव अकांक्षीहरुसँग बसेर थप छलफल गर्दै उम्मेदवार टुंगाउने प्रयास सुरु हुने एमाले मध्यविन्दुले जानकारी दिएको छ । यस अघि यस नगरपालिकामा मेयरमा नेपाली काँग्रेसबाट चन्द्र बहादुर राना १० हजार ९९७ मत सहित निर्वाचित हुँदा नजिकका प्रतिस्पर्धी नेकपा एमालेका भिमलाल अधिकारीले १० हजार ६४ मत ल्याउनुभएको थियो । अहिले पनि अधिकारीले आफ्नो उम्मेदवारी रहने बताउँदै नाम अकांक्षीमा राख्नुभएको छ । त्यस्तै उपमेयरमा पनि नेपाली काँग्रेसबाट ओमकुमारी महतो १० हजार ८३५ मतले निर्वाचित हुँदा नजिकको प्रतिस्पर्धी नेकपा एमालेबाट जोगमाया महतोले १० हजार ३३ मत ल्याउनुभएको थियो । अहिले पनि उहाँले सहित अकांक्षी प्रस्तुत गर्नुभएको छ ।
स्थानीय चुनाव आउन ठ्याक्कै २७ दिन बाँकी छ । २०७९ बैशाख ३० गतेको चुनावका लागि मध्यविन्दुमा ४४ हजार ९६४ मतदाता रहेका छन् । २० वटा मतदानस्थल र ५२ वटा मतदान केन्द्र तोकिएको छ । यस नगरपालिकाको चुनाव गराउन नवलपुर जिल्ला अदालतका स्रेस्तेदार महेन्द्र प्रसाद पौड्याललाई निर्वाचन अधिकृत तोकिएको छ । त्यस्तै मेयर र उपमेयर पदमा अन्तिम उम्मेदवार दिएका व्यक्तिले ४ लाख ५० हजारको सीमामा रहेर आफ्नो चुनावी खर्च गर्नुपर्नेछ ।
निर्वाचन आयोगका अनुसार नगरपालिकाको मेयर उपमेयरले मतदाता नामावली खरिद खर्चमा १ हजार , सवारी साधन वा घोडा खर्च ९० हजार , सवारी साधन इन्जिन १९ हजार, प्रचारप्रसा सामाग्रीमा १ लाख,ढुवानी १० हजार, गोष्ठी कार्यकर्ता परिचालनमा ८० हजार, छापा एवम् विद्युती माध्यमखर्चमा ६० हजार, कार्यालय संचालनमा ३० हजार, प्रतिनिधि परिचालनमा ५० हजार र विविध १० हजारको सीमामा रहेर खर्च गर्नुपर्ने हुन्छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |