२०८० मंसिर १६, शनिबार
अस्मिता डल्लाकोटीको यतिबेला चारैतिर चर्चा छ । ‘छैटौँ टुबोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगिता–२०७८’ को विजेता घोषणा भएसँगै उनको चर्चा अझ चुलिएको हो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा उनले ‘नगरकोट दोहोरी साँझ’ को प्रतिनिधित्व गरेकी थिइन् । देशभरका ४५ बढी जिल्लाबाट ६१ टोली सहभागी प्रतियोगितामा उनको टिम विजय हुन सफल भयो ।
विजय भएपछि लोक दोहोरी तर्फको यो वर्षको राष्ट्रिय रनिङ शिल्डसँगै २ लाख ५० हजार रुपैयाँ, पदक र प्रमाणपत्र उनले टिमले प्राप्त गर्यो । अन्तिम स्पर्धामा गामबेसी दोहोरी साँझलाई पछि पर्दै उनको टिम विजेता घोषित भएको थियो । प्रतिस्पर्धामा आफ्नो टिमले आत्मविश्वास र सशक्त प्रस्तुति राखेको कारण उत्कृष्ट हुन सफल भएको उनी बताउँछिन् ।
‘विजेता चुनिँदा एकदमै खुसी छु । पुरस्कार जित्ने नै लक्ष्यले प्रतियोगितामा भिडेको थिएँ । त्यो पुरा भयो,’ अस्मिताले भनिन् . अस्मिता विगत ५ वर्षदेखि यो प्रतियोगितामा नियमित भागी लिँदै आएकी थिइन् । ‘विगतको तुलनामा यो वर्ष विजेता हुने आस बढी नै थियो, सफलता पनि हात पर्यो,’ उनले खुसी शेयर गरिन् ।
प्रतियोगिता अस्मिता एक्लैले जितेकी भने होइन । यसमा उनलाई जीवन सिग्देलको साथ थियो । ‘यस अगाडि सिङ्गल भिड्दै आएकी थिएँ । यो पटक जीवन जीसँग सहकार्यले पनि जित्न सहज भयो,’ उनले सुनाइन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |