२०८० मंसिर २४, आईतबार
यामु कुमाल ।नवलपुर । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि नवलपुरको तिन विद्यालय छनोटमा परेका छन् । जिल्लाको विनयीत्रिवेणी गाउँपालिकाको नारायणी गण्डकी साधारण तथा संस्कृत माध्यमिक विद्यालय , देवचुली नगरपालिकाको देवचुली माध्यमिक विद्यालय र गैँडाकोट नगरपालिकाको जनक माध्यमिक विद्यालय कार्यक्रमका लागि छनोटमा परेका हुन् । छनोटमा परेका विद्यालयलाई कार्यक्रम अन्र्तगत अनुदान रकम उपलव्ध गराई विद्यार्थीलाई पढ्दै गरेका बेला कमाउने अवसर प्रदान गरिने छ । तिन वटै विद्यालयमा कृषि सम्बन्धी पढाई हुने गरेको छ । पढ्दै कमाउँदै कार्यक्रमका लागि विद्यालय छनोटमा परेको जानकारी दिदै विद्यालयले कार्यक्रमका प्रावधान अनुसार व्यवहारिक रुपमा कार्यक्रमलाई कार्यान्वयन गरिने जानकारी दिएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कार्यक्रमका लागि सामुदायिक विद्यालयबाट प्रस्ताव माग गरेको थियो। केन्द्रको निर्देशक समितिको बैठकले कार्यक्रमका लागि विद्यालय छनोट गरेको हो। कार्यक्रममा प्राविधिक शिक्षा पढाइने विद्यालयलाई प्राथमिकतामा राखिएको छ। छनोटमा परेका विद्यालयलाई सशर्त अनुदान अन्र्तगत वित्तिय हस्तान्तरण भै स्थानीय तह मार्फत अनुदान रकम विद्यालयको खातामा उपलव्ध गराउने व्यवस्था गरिएको छ । पढ्दै कमाउँदै विद्यालय कार्यक्रम सञ्चालन कार्यविधि २०७८’ मा उल्लेखित कार्य प्रकृया बमोजिम विद्यालयका लागि बजेट स्वीकृत गरिएको छ। विद्यालयलाई बजेट दुई किस्तामा उपलब्ध गराउने व्यवस्था गरिएको छ । पहिलो चरणमा ५० प्रतिशत र दोश्रो चरणमा कार्य प्रगतिका आधारमा ५० प्रतिशत रकम उपलव्ध गराइने छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै कार्यक्रम’ का लागि १ सय ४० सामुदायिक विद्यालय छनोट गरेको छ । स्रोत विकास केन्द्रका अनुसार यो कार्यक्रमका लागि १४ करोड रूपैयाँ विनियोजन भएको छ। यो बजेट छनोट भएका जिल्लामा १० लाखका दरले उपलब्ध गराइनेछ । माछापालन, तरकारी खेती गर्ने जग्गा भएका प्राविधिक धारका सामुदायिक विद्यालयलाई केन्द्रले छनोट गरेको हो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |