२०८० मंसिर २४, आईतबार
कावासाेती । कावासाेती नगरपालिका वडा नम्बर २ ले दीर्घ राेग भएका बिरामीलाई स्वास्थ्य सामाग्री प्रदान गरेकाे छ । वडा भित्र दीर्घ राेग भएका बिरामीको लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री बाेकेर वडा अध्यक्ष लक्ष्मीप्रसाद पाैडेल सहितकाे टाेली घर घर पुगि बितरण गरेकाे छ ।
उनिहरुलाई अक्सिमिटर ,थर्माेमिटर,बाफ लिने मेशिन, मास्क लगायतका सामाग्री बितरण गरिएको वडा अध्यक्ष पाैडेलले बताउनुभयो ।
दीर्घ राेग भएका बिरामीलाई वडामा बाेलाएर सामाग्री बाढ्दा उनिहरुलाई थप दुख हुने भएकाले सहजताका लागि घर घर पुगेर आफुहरुले स्वास्थ्य सामाग्री बितरण गरेकाे वडा अध्यक्ष पाैडेलले बताउनुभयो ।
वडाकाे आफ्नो सामाजिक दायित्व समेत रहने हुँदा ,तेहि सामाजिक दायित्वलाई आत्मसात गरि निशुल्क रुपमा सामाग्री बितरण गरेकाे उहाँले बताउनुभयो । वडा भित्रका पहिचान भएका सबै बिरामीकलाई सामाग्री बाडिएकाे हाे ।
वडा मार्फत निशुल्क स्वास्थ सामाग्री घरमै पाउदा सामाग्री प्राप्त गर्नेहरुले खुसि व्यक्त गरेका थिए ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |