२०८० मंसिर २०, बुधबार
कावासोती । आसन्न बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा कावासोती वडा नं. पाँचले वडा अध्यक्ष सहित सबै सदस्यहरु समेत सर्वसम्मत रुपमा छनौट गरेको छ ।
बिहिबार कावासोती पाँचका वडा अध्यक्ष हरि बास्तोला , वडा इन्चार्ज लिला थनेत , सह इन्चार्ज मदन गिरी लगायतको उपस्थितीमा सर्वसम्मत उम्मेद्धार घोषणा कार्यक्रमको आयोजना गरेर उम्मेद्धारहरु सार्वजनिक समेत गरिएको छ । वडा नं. पाँचमा अध्यक्षमा निरज कुमार पुन , दलित महिला सदस्यमा ममता बि.क., महिला सदस्यमा पार्वती भन्डारी , खुल्ला सदस्यहरुमा लाल बहादुर पुलामी र राज कुमार थापा सर्वसम्मत रुपमा उम्मेद्धार छनौट हुनुभएको सह इन्चार्ज मदन गिरीले जानकारी दिनुभयो । कावासातीका १७ वडा मध्ये पाँच वटै प्रतिनीधि छनौट गर्ने पहहिलो वडा पाँच नं. वडा बन्नु सफल भएको गिरीले बताउनुभयो ।
यस अघि बुधबार मात्रै कावासोती तीन नं. वडाले पनि वडा अध्यक्षको उम्मेद्धार सर्वसम्मत रुपमा डोरमान गिरीलाई चयन गरेको हो । नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनका लागि वडा तहदेखि नै सर्वसम्मत रुपमा उम्मेद्धार चयन गर्ने प्रकृया जारी राखेको छ । यहाँका अन्य वडाहरुमा पनि सर्वसम्मत रुपमा उम्मेद्धार छनौट गर्न वैठक तथा छलफलका कार्यक्रम भइरहेका छन् ।
निर्वाचन लक्षित गर्दै नवलपुर जिल्लामा नेकपा एमालेले वडा, टोल कमिटि गठन सम्पन्न गरी पाटी सम्पर्क कार्यालय सबै जसो वडामा खोली सकेको छ । काग्रेसले आन्तरीक उमेद्वार छनौट सँगसँगै पाँच दलिय गठवन्धन गर्न आन्तरीक तालमेलमा लागेको छ ।
पाँच दलिय गठबन्धन छलफलमा जुटी रहदा एक्लै निर्वाचनमा होमिन लागेको एमाले भने नवलपुर जिल्लाको ९२ बटै बडाहरुमा सर्ब सम्मत नेतृत्व छनौटमा लागेको छ । अन्य दलहरुको गठबन्धन बन्ने सम्भावना देखीएकोले पार्टीलाई एक बनाएर लैजान एमालेले भने सर्ब सम्मत उम्मेद्वार छान्न लागेको हो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |