२०८० मंसिर २५, सोमबार
चोरमारा ।मध्यविन्दु नगरपालिकाका प्रमुख चन्द्र बहादुर रानाले नगर भित्रका सबै नागरिकको समान हैसियत बनाउन आफूहरू लागि परेको बताउनु भएको छ । मध्यविन्दु नगरपालिका वडा नम्बर ८ का दलित समुदायका लागि आयोजित नेतृत्व विकास एवम् उद्घोषण कला तालिममा बोल्नुहुदै नगर प्रमुख रानाले वर्ग, क्षेत्र र जातका आधारमा हुने विभेद अन्त्यका लागि मध्यबिन्दु नगरपालिका सँधै क्रियाशील रहेको बताउनु भएको हो । समाजमा अझै पनि जातीय विभेद कायमै रहेकाले त्यसको अन्त्यका लागि सचेतना मूलक कार्यक्रमका साथै बिभेदमा परेका समुदायको क्षमता अभिवृद्धिका लागि प्रत्यक वडाहरूमा कार्यक्रम गरिएको नगर प्रमुख रानाले बताउनु भयो । त्यसैगरी कार्यक्रममा मध्यविन्दु नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष पर्शुराम महतोले वडा भित्रका सबै नागरिकको समान सहभागिताका लागि समान चेतना स्तर विकास गर्नु आवश्यक रहेको बताउनु भयो ।
वडाका हरेक गतिविधिमा सबै समुदायको सहभागितामा वडा नम्बर ८ का कार्यहरू अगाडि बढेको वडा अध्यक्ष महतोले बताउनु भयो । मध्यविन्दु नगरपालिकाको आयोजना एवम् दलित समन्वय समिति मध्यविन्दु ८ को संयोजनमा सञ्चालित नेतृत्व विकास एवम् उद्घोषण कला तालिममा करिव ४० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको छ । तालिमको सहजिकरण पत्रकार विष्णु गौडेलले गर्नु हुने दलित समन्वय समितिका अध्यक्ष जीवन रामदामले जानकारी दिनु भयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |