२०८० मंसिर २५, सोमबार
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५५ रुपैयाँ रहेकोमा ५ रुपैयाँ बढेर अब १ सय ६० रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेल र मट्टीतेलको मूल्य पनि १ सय ३८ रुपैयाँ प्रतिलिटरबाट बढाएर १ सय ४३ कायम गरिएको निगमले जनाएको छ ।
त्यस्तै आन्तरिक उडानका लागि हवाई इन्धनमा पनि लिटरको ५ रुपैयाँले वृद्धि गरी १ सय ५६ रुपैयाँ कायम गरिएको छ भने अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ५० अमेरिकी डलर वृद्धि गरी १,५४५ डलर कायम गरिएको छ । त्यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य २५ रुपैयाँले वृद्धि गरी प्रतिसिलिन्डर १६ सय रुपैयाँ कायम गरिएको छ ।
मूल्यवृद्धिपछि पनि पेट्रोलमा प्रतिलिटर २२ रुपैयाँ ९८ पैसा र डिजेलमा २८ रुपैयाँले घाटा रहेको निगमको दाबी छ । त्यस्तै, खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ९३२ रुपैयाँ घाटा रहेको पनि निगमले जनाएको छ । मट्टीतेल र आन्तरिक हवाई इन्धनमा क्रमशः ६ रुपैयाँ ६९ पैसा र १७ रुपैयाँ १५ पैसा नाफा रहेको निगमले बताएको छ ।
त्यस्तै, बाह्यतर्फको हवाई इन्धनमा प्रतिलिटर ६७ रुपैयाँ ६५ पैसा नाफा रहेको पनि जनाइएको छ । मूल्य समायोजनपछि पनि आगामी १५ दिनमा ४ अर्ब ६३ करोड ७७ लाख रुपैयाँ घाटा हुने प्रक्षेपण निगमले गरेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |