२०८० मंसिर २४, आईतबार
लुम्बिनी । कोरोना महामारीले थला परेको लुम्बिनीमा क्रमशः लयमा फर्कँदै छ । आन्तरिक तथा बाह्य पर्यटकको केन्द्र बनेको लुम्बिनीमा आन्तरिक पर्यटकसँगै भारत तथा तेस्रो मुलुकका पर्यटकहरु बिस्तारै बढ्न थालेका छन् ।लुम्बिनीको मायादेवी मन्दिर प्रवेशका लागि रुपन्देही, कपिलवस्तु र नवलपरासीका नागरिकलाई टिकट लाग्दैन भने अन्य जिल्ला तथा विदेशीहरुलाई टिकट लाग्ने गर्दछ ।मायादेवी मन्दिर अवलोकनका पछिल्लो केही दिनयताको तथ्यांक हेर्दा पयर्टकको संख्या दिनहुँ बढिरहेको देखिन्छ । यहाँ आउने आन्तरिकपछि धेरै पर्यटक भारतीय छन् । लुम्बिनी विकास कोषका कर्मचारीका अनुसार बुद्ध पूर्णिमा नजिक आउन लागेकाले पनि पर्यटकको संख्या र लुम्बिनीमा चहलपहल बढेको हो ।कोरोना महामारीले थला परेको पर्यटन व्यवसायमा अहिले आएको पर्यटकको अवस्था पछिल्लो साढे २ वर्ष यताकै धेरै हो । कोरोनाकालमा लुम्बिनीमा निर्माण सम्पन्न भएका भौतिक पूर्वाधारले यहाँको सौन्दर्य बढाएको छ । महामारीमा लुम्बिनी सुनसान बन्यो । लुम्बिनी छेउमा रहेका होटल व्यवसाय ठप्प भए । तर अहिले लुम्बिनीमा भारतीय पर्यटकको संख्या बढ्दै गएको छ । लुम्बिनीमा भारत तथा तेस्रो मुलुकका समूह दिनहुँ प्रार्थना गरेको भेट्न सकिन्छ । भारतपछि बर्मा, कम्बोडिया, थाइल्याण्डका पर्यटकहरू लुम्बिनीमा आउन थालेका छन् । पर्यटकको वृद्धिले होटल व्यवसायीलाई राहत मिलेको स्थानीय व्यवसायीको भनाइ छ ।लुम्बिनी विकास कोषका अनुसार बिदाको दिनमा लुम्बिनीमा आन्तरिक पर्यटकको भीड नै लाग्न थालेको छ । अंग्रेजी महिना मार्चमा नेपाल भित्रिने विदेशी पर्यटकको संख्यामा वृद्धि भएको छ । अध्यागमन विभागको तथ्यांकअनुसार मार्च महिनामा कुल ४२ हजार ६ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् ।विभागका अनुसार २०७६ साल चैतमा कोरोना महामारी सुरु भएयता एक महिनाको अवधिमा यति ठूलो संख्यामा पर्यटक आगमन भएको हो । सन् २०२१ मा सबैभन्दा धेरै पर्यटक नोभेम्बर महिनामा भित्रिएका थिए । विभागका अनुसार सो महिना २६ हजार १३५ जना पर्यटक नेपाल भित्रिएका थिए । सोही वर्षको जुन महिनामा सबैभन्दा कम १ हजार १४३ जना पर्यटक नेपाल भित्रिएका थिए ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |