२०८० मंसिर २४, आईतबार
कावासोती । कावासोती नगरपालिकामा रहेको केरुङ्गे खोलाले खेती योग्य जमिन कटान गरेको र कावासोती बजारनै बाढीको जोखिममा रहेको भन्दै स्थानीयले यसको व्यवस्थापनमा चिन्ता व्यक्त गरेका छन् । कावासोती नगरपालिका वडा नम्बर १, ४, ५, ३, ९, १४ र १५ भएर बग्ने नदिले वर्षेनी खेतीयोग्य जमिन कटान गरेको, र कावासोतीका बिभिन्न क्षेत्र बाढीको जोखिममा रहेको भन्दै नियन्त्रण र व्यवस्थापनमा पहल गर्नुपर्ने स्थानीयले बताएका छन् ।
कावासोती नगरपालिकामा आइतबार भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै स्थानीय दिपक बस्यालले केरुङ्गे खोलाको व्यवस्थापनमा के भएको छ भनी प्रश्न गर्नुभयो । यस्तै सरिता लामिछानेले खोलाले कटान धेरै गरको बताउँदै व्यवस्थापनमा थप कामगर्न आग्रह गर्नुभयो ।
स्थानीय लिला भण्डारीले समेत केरुङ्गेले वर्षेनी क्षति पुर्याउने गरेको र बाढीको जोखिम सधै कायम भएको भन्दै नियन्त्रणका लागि प्रभावकारी काम गर्नुपर्ने बताउनुभयो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयले नगरपालिका कायम हुनु पूर्वका साना बाटोको स्तरोन्नतिका काम नगरले गर्नुपर्ने, बजेट निर्माण गर्दा जनताका आधारभुत आवश्यकतालाई मनन् गर्न, भूगोलको आधारमा वडाहरूमा बजेट विनियोजन गर्न, नागरिकले प्रत्यक्ष लाम लिने खालका कार्यक्रममा थप काम गर्न आग्रह गरेका थिए । साथै कर तिर्ने नागरिकले नगरवासीको हिसाबले थप सुविधाको व्यवस्था गर्न समेत माग गरेका थिए ।
सार्वजनिक सुनवाई कार्यक्रममा उठेका सवालको जवाफ दिँदै उप प्रमुख प्रेमशंकर मर्दनिया थारूले केरुङ्गे खोला व्यवस्थापनमा नगरपालिका लागेको बताउनुभयो । अहिले पनि केही वडामा तटबन्धको काम भएको बताउँदै उहाँले खोलाबाट नदीजन्य पदार्थ निकासा गरि वर्षामा हुन सक्ने विपद रोकथामलाई पहल भएको बताउनुभयो । नेपाल सरकारको आफ्नो मापदण्ड भएकाले खोला व्यवस्थापनमा समस्या उत्पन्न भएको उहाँले बताउनुभयो ।
नदीजन्य पदार्थ निकासा नगरे बजार क्षेत्र सहित निर्माणाधीन पुल समेत बाढीको जोखिममा रहेको बताउँदै नदि जन्य पदार्थ निकासामा पहल गरिरहेको बताउनुभयो । तीन पटक सम्म खोला व्यवस्थापनका लागि बोलपत्र आवहान गरेको बताउँदै जिल्ला विपद व्यवस्थापन समितिलाई समेत यस विषयमा जानकार गराई सम्बन्धित सरोकारवालाहरू समक्ष नदि व्यवस्थापनका लागि पहल भइरहेको उप प्रमुख मर्दनिया थारुले बताउनुभयो ।
पुराना साना बाटोहरुको स्तरोन्नतिका लागि बजार क्षेत्रमा मोजाईक टाइल लगाउन सुरु गरेको र क्रमश यो कार्य आवश्यक सबै ठाउँमा गर्ने उहाँले बताउनुभयो ।
नगर प्रमुख चन्द्र कुमारी पुनको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा आफ्ना भनाइ राख्ने क्रममा उहाँले पाँच वर्षको अवधिमा धेरै कामको जग बसालेको बताउनुभयो । ‘जनताका धेरै आवश्यकता र अपेक्षा थिए, स्थानीय सरकारसँग सीमित श्रोत र साधन हुँदा सबै काम पुरा गर्न सकिएन होला , तर यथाशक्य काम गरेका छौं’ नगर प्रमुख चन्द्र कुमारी पुनले भन्नुभयो– हामिले अब आउने जनप्रतिनिधिका लागि लागि राम्रो जग बसाइदिएका छौं । नगर प्रमुख चन्द्र कुमारी पुनले सार्वजनिक सुनवाई कार्यक्रममा आएका सुझावहरूलाई मनन गर्दै अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
सार्वजनिक सुनवाई कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राकेश गुरुङले हाल सम्म भएका मुख्य काम, चालु आवमा भएका काम र सेवा प्रवाहामा खेलेको भूमिकाको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
सार्वजनिक सुनवाई कार्यक्रममा नगर भित्रका जनप्रतिनिधि, स्थानीय लगायतको सहभागिता रहेको थियो । कार्यक्रम रेडियो सार्मथ्यका प्रबन्ध निर्देशक सागर प्रोखे्रलले संचालन गर्नुभएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |