२०८० मंसिर १४, बिहिबार
कावासोती । विद्युतीय राहदानी लिन मोलमोलाइ गरे कारवाही गरिने जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वले जनाएको छ । प्रशासन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै विद्युतीय राहदानीको अनलाइन फारमसँग सम्बन्धित कार्य गर्न निर्धारण गरिए भन्दा बढी शुल्क लिने, सेवाग्राहीहरू को अनलाइन फारम संकलन गरी राखी मोलमोलाइको आधारमा डेट बुक गर्ने कार्य गैर कानूनी भएकाले यस्तो नगर्न अनुरोध गरको छ । सहाय प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालद्वारा हस्ताक्षरित सूचनामा यदि कसैले यस्तो कार्य गरेमा कार्यालयमा सूचना दिने सेवाग्राहीलाई अनुरोध गरिएको छ । साथै त्यस्ता गैरकानूनी कार्य गरे गराएको पाइएमा कडा कारवाही गरिने समेत सूचनामा उल्लेख गरिएको छ ।
विद्युतीय राहदानीको लागि प्रि इनरोलमेन्ट फारम भर्ने तथा फोटो खिच्न समेत मिति र समय लिनका लागि सेवाग्राहीहरू सँग मोलमोलाइ गरी धेरै रकम असुल गर्ने तथा धेरै जनाको विवरण संकलन गरि मोलमोलाइको आधारमा बढि पैसा दिनेको डेट बुक गर्ने गरेको सेवाग्राहीको गुनासो रहेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |