२०८० मंसिर २४, आईतबार
भिम भुसाल, नवलपुर । पूर्वि नवलपरासीको देवचुली नगरपालिका भवनको आज गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्नुभएको छ । २०७४ साल जेठ महिनादेखी संचालनमा आएको प्रशासनिक भवनको आज मुख्यमन्त्री नेपालीले उद्घाटन गर्नुभएको हो ।
गत निर्वाचनबाट निर्वाचित अहिलेका जनप्रतिनिधीहरुले समेत उक्त भवनबाट नै सेवा शुभारम्भ गरेका थिए । करिव ५ वर्षको समयावधी पुग्नै लाग्दा उक्त भवनको माथिल्लो तल्लाको बाँकी काम सम्पन्न भएकाले आज उद्घाटन गरिएको नगरपालिकाले जनाएको छ तर उक्त माथिल्लो हल समेत अघिल्लो वर्ष नै निमार्ण सम्पन्न गरि प्रयोगमा आईरहेको छ । साथै मुख्यमन्त्री पोखरेलले आज नै प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोत्ता संस्थाको ओभरहेड टयाङ्की उद्घाटन गर्नुभएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |