२०८० मंसिर २५, सोमबार
प्रिय धन । चोरमारा । मध्यविन्दु ७ अम्रसामा रहेको लक्ष्मी आदर्श आधारभूत विद्यालयमा बिहिबार जुनियर रेडक्रस सर्कल गठन गरिएको छ । जहाँ दुख त्यहाँ रेडक्रस भन्ने उद्देश्यका साथ विद्यालयमा जुनियर रेडक्रस सर्कल गठन गरिएको विद्यालयका प्रधानाध्यापक ऋषिराम भुसालले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपुरको आयोजनामा समुदाय तथा विद्यालय स्तरमा स्वास्थ्य तथा सरसफाई प्रवर्धन कार्यक्रमको अवसरमा विद्यालयमा जुनियर रेडक्रस सर्कल गठन गरिएको नेरेसो नवलपुरका मन्त्री काशिराम पाठकले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद पोख्रेलले वालवालिका पढाई लेखाइ संगै सामाजिक क्षेत्रमा समेत उत्तरदायी हुनुपर्ने भन्दै जुनियर रेडक्रस सर्कलले सोको बारेमा थप पाठ सिकाउने बताउनुभयो ।
बिहिबार गठित जुरेस को अध्यक्षमा कक्षा ७ का विद्यार्थी पार्वती अर्याल रहनुभएको छ । उपाध्यक्षमा कक्षा ६ का प्रवेश पाण्डे , सचिवमा कक्षा ७ का पारस अर्याल , कोषाध्यक्षमा कक्षा ७ का सुबिना सिङ ठकुरी र सदस्यहरुमा बिपिन हमाल , रेशम न्यौपाने , मधु क्षेत्री , आरध्या भुसाल , बिकास ढकाल , कामना कुमाल पाल्पाली , रोहित बिक र शिक्षक नायकमा सागर महतो रहनु भएको छ ।
साथै बिहिबार नै लक्ष्मी आदर्श आधारभूत विद्यालय अम्रसाका कक्षा ६ ,७ र आठका करिब ४० जना विद्यार्थीलाई व्यक्तिगत स्वास्थ्य र सरसफाइका विषयमा प्रशिक्षण दिइएको थियो । कार्यक्रममा तोलाप्रसाद भुर्तेलले स्वास्थ्य तथा सरसफाई सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा जुनियर रेडक्रस सर्कलका काम , कर्तव्यका बारेमा नेपाल रेडक्रस सर्कल मध्यविन्दुका अध्यक्ष बिन्दु काफ्लेले जानकारी दिनुहुँदै नवगठित सर्कललाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । साथै नवगठित जुनियर रेडक्रस सर्कललाई नेपाल रेडक्रस सोसाइटी नवलपुरको तर्फबाट एक हजार रुपैयाँ समेत प्रदान गरि कोष स्थापना गरिएको थियो ।
सोहि अवसरमा नेपाल रेडक्रस सोसाइटी नवलपुर शाखाले अम्रसामा अवस्थित लक्ष्मी आदर्श आधारभूत विद्यालयलाई ५०० पिस मास्क र १४ थान सेनिटाइजर प्रदान गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी नवलपुरका सदस्य जगत बन्धु अर्याल , सुस्मिता आचार्य , विद्यालयका शिक्षक तथा कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्यालयका प्रधानाध्यापक ऋषिराम भुसालको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद पोख्रेलको अध्यक्षतामा संचालन भएको कार्यक्रमको सहजीकरण नेपाल रेडक्रस सोसाइटी नवलपुरका मन्त्री काशिराम पाठकले गर्नुभएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |