२०८० मंसिर १४, बिहिबार
कावासोती । नेपाल आदिवासीजनजाति महासङ्घको १० औं महाधिवेशन भोली देखि कावासोतीमा शुरु हुने भएको छ । दुई दिन सम्म अधिवेशन सञ्चालन हुने नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष जगत बरामले जानकारी दिनुभयो ।
‘पहिचान सहितको संघीयता र स्वायत्तताका लाग संविधान संशोधन हाम्रो आन्दोलन, आदिवासी अधिकारका लागि नवीन सामाजिक सहमतिको पक्षमा १० औँ महाधिवेशन ’ भन्ने नाराका साथ महाधिवेशन हुन लागेको उहाँले बताउनुभयो ।
महाधिवेशन स्वदेश, विदेश सहितबाट ४ सय २० जना प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता हुने अध्यक्ष बरामले बताउनुभयो । अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । अधिवेशन कावासोतीको पानस बैंक्वटमा हुने जनाइएको छ ।
महाधिवेशन तीन ÷ तीन वर्षमा हुने प्रावधान भएको भएपनि अहिले पाँच वर्षको अन्तरालमा महाधिवेशन हुन लागेको हो । कोभिड महामारीका कारण महाधिवेशन विद्यानमा तोकिएको भन्दा दुई वर्ष पछि हुन लागेको हो । अधिवेशनमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन हुने छ । यस विषयमा केही सहमति भइसकेको समेत जनाइएको छ । महाधिवेशनको उद्घाटन कार्यक्रम भोलि दिउसो १ बजेबाट शुरु हुनेछ ।
अधिवेशनले नेपाल आदिवासीजनजातिको आन्दोलन र भावी कार्यदिशाको विषयमा छलफल गर्ने छ । यस्तै विद्यान संशोधनको समेत तयारी गरिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |