२०८० मंसिर २४, आईतबार
कावासोती । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा यसको सरगर्मी क्रमश बढ्दै गएको छ । स्थानीय तहको घोषित मिति २०७९ वैशाख तीस गने आउन अब ५२ दिन बाँकी रहेको छ । दलहरु मतदाताको घरघरमा पुग्न थाली सकेका छन् । कतिपय स्थानीय तहमा विभिन्न पार्टीबाट आकाङ्क्षीहरू आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन् ।
चुनावी सरगर्मी बढ्दै जाँदा यसै लक्षित समाचारहरू नवलपुर पे्रसले क्रमश प्रकाशन गरिरहेको छ । विगतका निर्वाचन परिणाम कस्तो थियो र अब के रहला भनेर लेखाजोखा समेत चिया पसल देखि चोक चौराहामा हुन थालेको छ ।
मध्यविन्दुको गत निर्वाचनको परिणामलाई हेर्ने हो भने यहाँ मुख्यतः दुई दल एमाले र कांग्रेस बिच प्रतिस्पर्धा यस पटक पनि हुने छ । गत निर्वाचनमा भने प्रमुख ,उप प्रमुख दुवै कांग्रेसले जितेको थियो ।
माओवादीको मत तेश्रो स्थानमा रहेको थियो । गत निर्वाचनमा कांग्रेसका मेयर पदका उम्मेदवार चन्द्र बहादुर रानाले ९ सय ३३ मत अन्तरले जित निकालेका थिए । रानाले १० हजार ९९७ मत प्राप्त गर्दा एमाले उम्मेदवार भिमलाल अधिकारीले १० हजार ६४ मत प्राप्त गर्नुभएको थियो । तेश्रो स्थानमा रहेको माओवादीको मत १ हजार ६३५ थियो । गत निर्वाचनमा मध्यविन्दुमा १० जना मेयर पदमा उम्मेदवारी दिएका थिए ।
उप प्रमुखमा कांग्रेसका उम्मेदवार ओम कुमारी महतोले ८०२ मतले जित निकाल्नु भएको थियो । उहाँले १० हजार ८३५ मत प्राप्त गर्दा एमालेका उम्मेदवार जोगमाया महतोले १० हजार ३३ मत प्राप्त गर्नु भएको थियो । माओवादीका उम्मेदवारले २ हजार ११२ मत प्राप्त गर्नु भएको थियो ।
यसपटको निर्वाचनमा पनि एमाले र काङ्ग्रेस बीचै प्रतिस्पर्धा हुने निश्चित रहेको छ । मध्यविन्दुमा दुवै दलले जित आफ्नो हुने दाबी गरिरहेका छन् । अब उठ्ने उम्मेदवार, भुगोलले निर्वाचनको परिणाममा असर पर्ने आँकलन गरिएको छ । चोरमारा बजार र अरुणखोला क्षेत्रको भेगीय परिणाम समेत निर्वाचनमा पर्ने देखिन्छ । दलहरू यसैलाई आधार मानी कसरतमा लागेका छन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |