२०८० मंसिर १४, बिहिबार
कावासोती । गत फागुन ३० गतेदेखि कावासोतीमा सुरु भएको चौथो मेयर कप फुटबल प्रतियोगितामा सोमबार भएको पहिलो खेलमा कावासोती वडा न. १६ विजयी भएको छ ।
वडा न. १६ ट्राईबे्रकरमा तिन एक गाले अन्तले विजयी भएको हो । वडा न. १४ र १६ बीच भएको खेलमा निर्धारित समयमा एक एक गोलको बराबरी भएपछि खेल ट्राईबे्रकरमा गएको थियो । पहिलो खेलमा १६ न. का पवन परियार म्यान अफ दी म्याच घोषित हुनुभएको छ ।
यस्तै दोश्रो खेलमा वडा न. ४ विजयी भएको छ । वडा न. ४ र वडा न. ७ को बीचमा भएको खेलमा तिन शुन्य गोल अन्तरले वडा न. ४ विजयी भएको डायमण्ड युथ सोसाईटीका सचिव नैनाराम थनेतले जानकारी दिनुभयो । वडा न. ७ को दिनेश महतो म्यान अफ दि म्याच हुनुभएको छ ।
यस्तै मंगलबारको खेल पहिलो वडा न. ११ र ५ र दोश्रो खेल वडा न. ३ र १ बीच हुने थनेतले जानकारी दिनुभयो । प्रतियोगितामा १७ वटा टिमको सहभागिता रहेको छ । चैत्र ११ गते कावासोती नगरपालिकाका जनप्रतिनीधि र कर्मचारीबीच मैत्रीपूर्ण खेल हुने समेत थनेतले जानकारी दिनुभयो । प्रतियोगिताको फाईनल खेल चैत्र १२ गते हुनेछ ।
कावासोती १२ स्थीत राजमन्दिर खेल मैदानमा प्रतियोगिता आयोजना भएको छ ।
कावासोती नगरपालिकाको आयोजना , डायमण्ड युथ सोसाईटीको सहआयोजना तथा कावासोती वडा न. १२ को समन्वयमा प्रतियोगिता आयोजना भएको हो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |