२०८० मंसिर २५, सोमबार
कावासोती । होली पर्वको अवसरमा शान्ति सुरक्षामा बाधा नपुगोस् भनेर विषेश रुपमा प्रहरी परिचालन गरिने भएको छ । जिल्लाको राजमार्ग देखि भित्री क्षेत्रमा प्रहरीलाई उच्च सतर्कताका खटाइने जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलिप कुमार गिरीले बताउनुभयो ।
तराई क्षेत्रमा आज होली पर्व मनाइदै छ । नवलपुरका राजमार्ग क्षेत्रमा समेत आजनै होली मनाइदै छ । जिल्लाको केही क्षेत्रमा बिहीबारनै होली मनाइएको छ । होली पर्वलाई मध्य नजर राखी विशेष सुरक्षा योजना तयार पारिएको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो ।
प्रहरीले जिल्लाका धेरै स्थानमा दिनभर चेकिङ युनिट परिचालन गर्ने समेत उहाँले बताउनुभयो । उश्रृखल गतिविधि हुने सम्भावित क्षेत्र राजमार्ग देखी भित्री स्थानमा समेत चेकिङ बढाइने गिरीले बताउनुभयो । होली मनाउने बहानामा इच्छा विपरित रङ्ग दल्ने ,लोला हान्ने गरेको पाइएमा समेत कारवाही गरिने उहाँले बताउनुभयो । ‘हामिले सभ्य रुपमा ,सबै मिलेर होली मनाउन आग्रह गर्छौ, विकृतका रुपमा कसैले कार्य गरे कानुन अनुसार कारवाही गरिन्छ’ –प्रहरी नायब उपरीक्षक गिरीले भन्नुभयो ।
होली पर्वलाई मध्य नजर गरि ट्राफिक चेकिङ समेत बढाइने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख नारायण थापाले बताउनुभयो । तिन जना सवार हुने, हेलमेट नलगाउने, मादक पदार्थ सेवन गरि सवारी चलाएको पाइएमा दिन भर सवारी नियन्त्रणमा लिई होल्ड गरिने कार्यालय प्रमुख थापाले बताउनुभयो । जिल्ला भर रहेका सबै जनशक्तिको परिचालन गरि सम्भावित दुर्घटना न्यूनिकरणका लागि खटाइने उहाँले बताउनुभयो । चाडपर्व भनेको उल्लासले मनाउने हो, कसैको लापरवाहीले कुनै दुर्घटना भए नराम्रो हुन्छ, प्रमुख थापाले भन्नुभयो – यसैले दुर्घटना नहोस् भनेर हामी लाग्ने हो ।
‘होलीको समयमा सवारी नियमको उल्लंघन गरे जरिवाना भन्दापनि दिनभर होल्ड गरि कुनै दुर्घटना नहोस् भनेर हाम्रो टोली परिचालन हुन्छ’ ट्राफिक कार्यालय प्रमुख थापाले भन्नुभयो ।
गैंडाकोट देखि दाउन्ने सम्मको राजमार्ग, भित्री क्षेत्रहरू, हुप्सेकोट , लगायत पहाडी क्षेत्रमा रहेका सोही क्षेत्रका जनशक्ति पूर्ण रुपमा परिचालन गरि सवारी नियमको पालन गराउन र कुनै प्रकारको दुर्घटना हुन नदिन लागि पर्ने उहाँले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |