२०८० मंसिर २४, आईतबार
डेढगाउँ । तनहुँमा भएको पाँचौं भिमाद मेयर कपको उपाधि वौदीकाली गाउँपालिका डेढगाउँले उचालेको छ । चैत्र १ गते देखि शुरू भएको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता र कल्ब स्तरीय खुल्ला महिला भलिवल प्रतियोगिताको फाइनल खेल बिहीबार सम्पन्न भएको थियो । पुरुष तर्फ भिमाद नगरपालिका ‘ ए ‘ र बौदीकाली गाउपालिका वीच भएको फाइनल खेलमा ३-१ सेटले भिमाद नगरपालिकालाई पछि पार्दै बौदीकाली गाउपालिकाले उपाधि उचाल्न सफल भएको हो । यस्तै घिरीङ्ग गाउँपालिका तृतीय भएको छ ।
प्रतियोगितामा प्रथम दृतीय र तृतीय हुने समुहले क्रमश १ लाख , ७५ हजार र ५० हजार प्राप्त गरेका छन् । यस्तै महिला तर्फको प्रतियोगिताको उपाधि कास्की अर्चलबोट क्लबले उचालेको छ । महिला तर्फ भिमाद नगरपालिका ‘ए ‘ र कास्की अर्चलवोट विच भएको फाइनल खेलमा भिमाद नगरपालिकालाई २-० सेटले पराजित गर्दै कास्की अर्चलवोट क्लबले महिलातर्फको उपाधि उचालेको हो । यस्तै कास्की पोखरा क्लब गगनगौडा तृतीय भएका छन् । प्रतियोगितामा प्रथम दृतिय र तृतीय हुने समुहले क्रमश ७५ हजार , ५० हजार, २५ हजारको साथमा शिल्ड मेडल र प्रमाणपत्र हासिल गरेका छन् । सो अवसरमा भिमाद नगरपालिकाका नगरप्रमुख मेख बहादुर थापा , ऋषिङ्ग गाउँपालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ र घिरिङ्ग गाउँपालिकामा अध्यक्ष रन बहादुर रानाले संयुक्त रूपमा पुरस्कार वितरण गर्नु भएको थियो । पुरुषतर्फ ७ टिमको सहभागिता रहेको थियो भने महिला तर्फ ४ टिमको सहभागिता रहेको नगर खेलकुद विकास समितिका संयोजक प्रेम बहादुर थापाले जानकारी दिनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |