२०८० मंसिर १४, बिहिबार
कावासोती । कावासोती नगरपालिका को १७ वार्ड भित्रका विद्यालय र समुदाय लक्षित आत्म सुरक्षा तालिम सञ्चालन गरिएको छ ।
जागृति बाल तथा युवा सरोकार नेपालले किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गत नगर भित्रका ३५ जना किशोरीहरुलाई आत्म सुरक्षा को प्रशिक्षक प्रशिक्षण तालिम दिएर यो अभियान सुरु गरिएको संस्थाका महासचिव दिपक शर्माले बताए ।
आज सोही क्रममा कावासोती नगरपालिका वार्ड नम्बर ८ मा रहेको ज्ञानोदय माविमा आत्म सुरक्षा र उत्प्रेरणा तालिम सञ्चालन गरिएको थियो ।
विद्यालयका छात्रा विद्यार्थीका लागि आफ्नै साथीहरूले आत्म सुरक्षा तालिम सिकाएको देख्दा खुसी लागेको र यसलाई निरन्तर रूपमा सञ्चालन गर्नको लागी विद्यालयको तर्फबाट सहयोग गर्ने विद्यालयका प्रधानाध्यापक चेतनाथ अधिकारीले बताउनुभयो ।
बालबालिका संग सम्बन्धित देखिएका समस्याहरू समाधान गर्नको लागि स्वयम् आफ्नै उमेर भित्रका साथीहरूले गर्दा प्रभावकारी हुने र उनीहरूको क्षमता अभिवृद्धि समेत हुने भयकोले यस्ता खालका अभियानको नेतृत्व लिनुपर्ने उहाँको जोड थियो ।
आजको तालिम कार्यक्रममा ५० जना विद्यार्थीहरूको सहभागीता रहेको र उनीहरुलाई हिंसा, दुर्व्यवहार र शोषण विरुद्ध लड्नको लागि विभिन्न स्टेपहरु सिकायाइएको थियो ।
आत्म सुरक्षाका सीपहरु अन्तिम परे पछि मात्र प्रयोग गर्नु पर्ने र आफू सुरक्षित हुनको लागि गरिने भयकोले यसले अरूलाई हानी पुर्याउन नहुनेमा सहजकर्ता आशिका पोख्रेल र ले बताउनु भयो ।
धेरैले आत्म सुरक्षा तालिम भन्ने बितिकै शारीरिक अभ्यास बुझेको तर यो त मानसिक रूपमा समेत तयारी र अन्य विविध विषयहरु जस्तो हिंसा, दुर्व्यवहार, असमानता भनेको के हो रु कहाँ कहाँ हिंसा हुन्छ रु कसरी सो रोकथाम र अन्त्य गर्न सकिन्छ रु नेपालको संविधान र कानुनले गरेको व्यवस्थाहरूको बारेमा बताउने गरेको सहजकर्ता आशिका पोख्रेलले बताउनु भयो । यसो गर्दा किशोरी र अन्य सरोकारवालाले चासो दिने गरेको उनले बताइन् ।
किशोरीहरु आफैले यसरी तालिमहरु लिने र दिने काम नियमित रूपमा सञ्चालन गर्न सकियो भने मात्र हिंसा विरुद्धको अभियान सफल हुनेमा शिक्षक यवम साहित्यकार टिका सापकोटाले बताउनुभयो । छोरीलाई हेर्ने नजर परिवर्तनको लागि आत्म विश्वास अभिवृद्धिको लागि यो तालिम एकदम आवश्यक रहेको उहाँले जोड दिनुभयो ।
सो कार्यक्रम किशोरी अभियन्ता आशिका पोख्रेल र दिया लम्सालले सहजीकरण गर्नु भएको थियो र ५० जना किशोरीहरुको सहभागिता रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |