२०८० मंसिर २४, आईतबार
कावासोती । कावासोतीमा जारी मेयर कप फुटबल प्रतियोगितामा बुधबार भएका दुई खेलमा कावासोती ७ र १४ विजयी भएका छन् । बुधबार कावासोती ६ र ७ बिच भएको खेलमा कावासोती ७, २ –० गोल अन्तरले विजयी भएको हो । ७ को जितका लागि सुरज महतोले आफ्नो व्यक्तिगत दुई गोल गरेका थिए ।
दोश्रो खेलमा १४ विजयी भएको छ । २ र १४ विच भएको खेलमा १४, ३–२ गोल अन्तरले विजयी भएको हो । १४ को जितकालागि जर्सी नम्बर ७ का अभिषेख रानाभाटले ह्याट्रिक गरेका थिए ।
प्रतियोगितामा तीन र चार गते कुनै पनि खेल हुने छैन् । होलीका कारण दुई दिन खेल स्थगित गरिएको छ । ५ गते वडा नम्बर ५ र १२ यसै गरि ३ र १३ बिच खेल हुने जनाइएको छ ।
प्रतियोगितामा १७ वटा टिमको सहभागिता रहेको छ । चैत्र ११ गते कावासोती नगरपालिकाका जनप्रतिनीधि र कर्मचारीबीच मैत्रीपूर्ण खेल हुने जनाइएको छ । प्रतियोगिताको फाईनल खेल चैत्र १२ गते हुनेछ ।
कावासोती १२ स्थीत राजमन्दिर खेल मैदानमा प्रतियोगिता आयोजना भएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |