२०८० मंसिर २४, आईतबार
कावासोती । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्वले ट्याक्टरमा स्टिकर टाँस्ने अभियान थालेको छ ।
बुधबार बिहान कावासोतीको रि – फ्रेस सेन्टरमा एक कार्यक्रमका बीच स्टिकर टाँस्ने अभियान थालनी गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्वल महर्जनले ट्याक्टरमा स्टिकर टासेर अभियानको सुरुआत गर्नुभएको हो । अभियानको सुरुआत गर्दै उहाँले दुर्घटनाबाट मानविय र भौतिक क्षती हुदा चालक , सहचालक , सर्वसाधारण नागरिकमा धेरै असर पर्ने भएकाले त्यस्ता असरलाई कम गर्न समेत यस अभियानले टेवा पुग्ने बताउनुभयो ।
दुर्घटना न्यूनिकरण गर्ने दायित्व प्रहरीको मात्रै नभई व्यवसायी र सबै नागरिक रहेको बताउनुभयो । यस किसिमको कार्यलाई निरन्तरता दिनु आवश्यक रहेको बताउनुभयो । जसका लागि प्रहरीलाई मात्रै ताक्ने नभई टासेको स्टिकर उप्किएमा फेरी टास्ने काम व्यवसायीबाट हुुपर्नेमा जोड दिनुभयो । रातिको समयमा ट्याक्टर नदेखिदा पछिल्लो समय भित्री सडक खण्डमा दुर्घटनामा बृद्धि भएको उहाँले बताउनुभयो । ‘ भित्री सडकमा बत्ति पनि हुँदैन । रातिमा ट्याक्टर देखिदैन् । जसले गर्दा मोटरसाईकल लगायतका अन्य सवारी ट्याक्टरको ट्रलीमा ठोकिएर दुर्घटना हुने गरेको पाईएको छ । ’ उहाँले स्टिकर टासेपछि रातिमा पछाडीबाट आउने अन्य सवारीले ट्याक्टर देख्ने दुर्घटना न्यूनिकरण गर्न मदत पुग्ने बताउनुभयो । उहाँले चालु वर्षमा मात्रै आठ वटा ट्याक्टर दुर्घटनामा परेर दुई जनाको मृत्यु समेत भएको जानकारी दिनुभयो । उहाँले आवश्यक कागजात भएकाले मात्रै ट्याक्टर चलाउनु समेत अनुरोध गर्नुभयो ।
रातिको समयमा ट्याक्टरको ट्रली नदेखिदा धेरै दुर्घटना हुने गरेकाले न्यूनिकरण गर्न अभियान थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख नारायण थापाले जानकारी दिनुभयो । दुर्घटना न्यूनिकरणमा प्रहरीले मात्रै गरेर नहुने भएकाले व्यवसायीसंग समेत समन्वय गरेर अभियान संचालन गरेको उहाँले बताउनुभयो । उहाँले नम्बर प्लेट नभएका ट्रलीमा नम्बर प्लेट लेख्ने काम समेत गरिएको बताउनुभयो । यो अभियान कावासोतीबाट सुरु भएको र क्रमशः जिल्लाका अन्य ठाउँमा सत्तचालन गर्दै जाने उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै ट्याक्टर व्यवसायी संघ नवलपुरका अध्यक्ष शिव गिरीले यस्ता अभियानले चालक सहचालकलाई नै बढि फाईदा हुने बताउनुभयो । दुर्घटनाको जोखिमबाट बच्न मदत पुग्ने बताउनुभयो । ट्याक्टर हिड्ने बैकल्पिक बाटो नहुँदा समस्या हुने गरेको उहाँको भनाई थियो । मुख्य राजमार्गमा चलाउनुपर्दा अन्य सवारीसंग ठोकिने सम्भावना बिढ हुने उहाँले बताउनुभयो । ट्याक्टर दुई वटा भागमा रहने हुँदा र अन्य सवारी भन्दा ढिलो हिड्ने हुँदा राजमार्गमा बाटो क्रस गर्दा त्रास हुने उहाँले बताउनुभयो । उहाँले यात्रु झर्ने चढ्ने कार्य रोड छोडेर गर्नुपर्ने , जथाभावि रुपमा चढ्ने झर्ने कार्य रोकिएमा सवारी दुर्घटना कम गर्न मदत पुग्ने बताउनुभयो ।
पहिलो दिन बुधबार कावासोती क्षेत्रका करीब ४० वटा ट्याक्टरमा स्टिकर टास्ने कार्य भएको ट्राफि प्रहरी पदम बडुले जानकारी दिनुभयो । स्पष्ट नम्बर प्लेट नभएका ट्याक्टरमा कार्यक्रम स्थलमै नम्बर प्लेट लेख्ने काम समेत गरिएको उहँँले जानकारी दिनुभयो ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्वको आयोजना , जिल्ला प्रहरी कार्यालयको समन्वयमा , दुर्घटना न्युनिकरण अभियान अन्तरगत कार्यक्रम भएको हो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |