२०८० मंसिर २५, सोमबार
धनगढी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रकाश सपुतको गीत पीरको म्युजिक भिडियोमा भइरहेको विवादबारे प्रतिक्रिया दिएका छन् ।
माओवादीका जनवर्गीय संगठनसँगै केही नेताहरुले सपुतको उक्त गीतको म्युजिक भिडियो युट्युबबाट हटाउनुपर्ने चेतावनी दिइरहेका बेला प्रचण्डले सोमबार धनगढी विमानस्थलमा पत्रकारसँग भने, मैले पूरै गीत हेर्न पाएको छैन, मिडियाबाट थाहा पाएको हुँ । अहिले हामी कोही उत्तेजित हुनुपर्ने पनि छैन ।
शान्ति प्रक्रियामा ल्याएर माओवादीले बर्बाद गर्यो भन्ने पनि नरहेको उल्लेख गर्दै प्रचण्डले जनयुद्धप्रति हल्का टिप्पणी गर्न पनि नमिल्ने बताए । तर, यो विषयमा सयौं वर्षसम्म पनि बहस रहने उल्लेख गर्दै प्रचण्डले तर्क-वितर्क,पक्ष-विपक्षलाई स्वभाविक रूपले लिनुपर्ने बताए ।
जनयुद्धबाट शान्ति प्रक्रियामा आउनु ठिक थियो कि थिएन भन्नेमा पनि बहस भइरहने उनले बताए ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |