२०८० मंसिर १६, शनिबार
कावासोती । नेकपा एमाले केन्द्रिय सदस्य तथा प्रतिनीधिसभा सदस्य तिलक महतले एमालेले सरकारको नेतृत्व गर्दा नवलपुरमा दर्जनौ राष्ट्रिय पूर्वाधारका काम भएको बताउनुभएको छ ।
नेकपा एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल नवलपुरको संघीयतापछिको प्रथम जिल्ला अधिवेशनको उद्घाटनशत्रमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले नवलपुरमा मात्रै ४६ अर्ब पैसाको काम भएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘नवलपुरमा मात्रै दर्जनौ राष्ट्रिय पूर्वाधारका काम भएको छ । अब ५० वर्षसम्म पनि देशले, अब आउने सरकारले पछ्याउनपर्ने काम यहाँ भएको छ । ’
देशमा एमालेको सरकारकै पालामा सामाजिक सुरक्षा , अपाङ्गता , किसान , उत्पीडित दलित , अल्पसंख्यक , सिमान्तकृत समुदाय र युवाहरुको क्षेत्रमा राम्रा काम भएको बताउदै , अब मागेर खाने होईन् स्वाभिमानी नेपालीको रुपमा बाच्न सक्ने गरेर एमाले सरकार हुँदा काम अगाडी बढाएको जिकिर गर्नुभयो ।
उहाँले स्वास्थ्यकर्मीहरुलाई पेशागत ईमान्दारीता निभाएर संगठित हुँदै आफ्ना हक अधिकारका लागि काम गर्न आग्रह गर्नुभयो । एमालेमा आबद्ध करीब ७०० सय स्वास्थ्यकर्मीहरु जिल्लामा रहेकाले ती सबैलाई संगठनमा समेट्न नयाँ कार्यसमितिले काम गरोस् भन्ने शुभकामना दिनुभयो । स्वास्थ्यकमर्मीहरुलाई पनि सरकारले बेलाबखत अनाश्वक दुःख दिने गरेको जिकिर गर्दै उहाँले त्यस्तो समयमा यहि संगठनले आवाज उठाएर अन्यायका बिरुद्ध लड्नुपर्नेमा उहाँले जोड दिनुभयो । स्वास्थ्यकर्मीहरुको काम सेवामुलक हुने भएकाले मानविय सेवामा सदैव समर्पित भएर काम गर्न निर्देशन गर्दै उहाँले नागरिकका स्वास्थ्यमाथी कहिल्यै पनि खेलवाड नगर्न आग्रह गर्नुभयो । उहाँले समायोजनले कतिपय स्वास्थ्यकर्मीहरु मारमा परेको भन्दै त्यस्ता मुद्धामा अब संगठनले अधिकार प्राप्तीका लागि लड्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकमा एमाले प्रदेश कमिटि सदस्य बाबुराम बिश्वकर्मा , राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालका महासचिव झलक गौतम , राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालका केन्द्रिय उपाध्यक्ष रामहरी ढकाल , नेकपा एमाले नवलपुरका अध्यक्ष मुक्तिराम पाण्डे , नेकपा एमाले कावासोती नगर अध्यक्ष रामकृष्ण ढुङ्गाना , राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालका केन्द्रिय सदस्य जायश्वर भुषाल , अभिवक्ता गणेश सापकोटा , नेकपा एमाले कावासोती ३ न. वडा अध्यक्ष डोरमान गिरी , राष्ट्रिय स्वास्थ्यकर्मी संघ नवलपुरका संस्थापक सदस्य नारायण पन्थी स्वास्थ्य तथा जनसंख्या विभागका ईन्चार्ज राधा ढकाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले कोभिडको समयमा स्वास्थ्यकर्मीहरुले पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो । विपदका बेलामा स्वास्थ्यकर्मीहरु दिनरात नभनी नागरिकको सेवामा खटिएर काम गरेका उदाहरण दिदै मानविय सेवामा सधैँ समर्पित भएर लाग्न आग्रह गर्नुभएको थियो । सरकारले उपलब्ध गराउने जोखिम भत्ता समेत कतिपयले प्राप्त नगरेको , समायोजनका बेला विभ्भि बाहानामा दुःख दिएको लगायतका कृयाकलापबाट स्वास्थ्यकर्मीहरु पीडित बनेकाले अब संगठनबाट यस्ता अन्याय बिरुद्ध आवाज उठाउनु समेत आग्रह गर्नुभएको थियो । राज्यले स्वास्थ्यको क्षेत्रमा बढी बजेट बिनियोजन गर्नुपर्नेमा वक्ताहरुको जोड थियो ।
राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल नवलपुरका अध्यक्ष पारेश्व भुर्तेलको अध्यक्षतामा भएको कार्यक्रममा सुशिला रिमालले स्वागत मन्तव्य राख्नुभएको थियो भने , लोकनाथ अर्यालले सहजीकरण गर्नुभएको थियो ।
अहिले बन्दशत्र जारी छ । बन्दशत्रले नयाँ नेतृत्व चयन गर्ने छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |