२०८० मंसिर २४, आईतबार
गैँडाकोट । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ गैँडाकोट नगरपालिकाको प्रथम अधिवेशनले सुधन पियाको अध्यक्षतामा २१ सदस्यीय नगरकमिटी चयन गरेको छ ।आगामी २ वर्षका लागि पियाको अध्यक्षतामा २१ सदस्यीय गैँडाकोट नगरकमिटी सर्वसम्मत चयन गरिएको हो । कमिटीको उपाध्यक्षमा नरेश आचार्य र नवराज पौडेल, सचिवमा दिपक खराल, कोषाध्यक्षमा जयराम कंडेल , उपसचिवमा दुर्गा सापकोटा र कमलनारायण न्यौपाने र कमिटीको कोषाध्यक्षमा तुलसी पाण्डे रहनुभएको छ ।
त्यसैगरी कमिटीकाे सदस्यहरुमा सन्त बहादुर विश्वकर्मा, हरि पाैडेल, सचिनराज गौतम, युवराज भूसाल, ध्रुव अधिकारी, शान्तिदेवी पाैडेल, एकविर हमाल, गोपाल पाैडेल, प्रकाश हमाल, दिनेश लम्साल, मन बहादुर नेपाली, तिर्थ बहादुर दराई ,रविन्द्र काफ्ले , विनोद ज्ञवाली र मानकुमार श्रेष्ठ रहनुभएकाे छ ।
नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ नवलपुरका अध्यक्ष हरिप्रसाद सुवेदीको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य तथा नवलपुर सहईन्चार्ज रविन्द्र अधिकारीको प्रमुुख आतिथ्यतामा भएको उद्घाटन शत्रमा नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ गण्डकी प्रदेशका सचिव मोतीप्रसाद पौडेल, नेकपा एमालेका गण्डकी प्रदेश सचिवालय सदस्य कृष्ण घिमिरे, नेकपा एमालेका जिल्ला उपसचिव यमुनाथ आचार्य लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एमालेका केन्द्रीय सदस्य तथा नवलपुर सहईन्चार्ज रविन्द्र अधिकारीले उद्योग व्यवसायको विकास र प्रर्वधनका लागि नेकपा एमालेले विगतदेखिनै काम गर्दै आएको बताउनुभयो । उहाँले उद्योगी व्यवसायीको हकहितका लागि आगामी निर्वाचनमा समेत एमालेलाई तीनवटै तहमा निर्वाचित गर्नुपर्ने आवस्था आएको बताउनुभयो ।नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ नेकपा एमाले निकटका उद्योगी व्यवसायीहरुको संगठन हो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |