२०८० मंसिर २५, सोमबार
भरतपुर । नारायणी नदी किनारमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर बिहीबार दिउँसो २ बजे दुई बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएका जानकारीअनुसार भरतपुर महानगरपालिका ३ स्थित नारायणी नदीको किनारमा जमेको पानीमा पौडी खेल्ने क्रममा मृत्यु हुनेमा भरतपुर-, विकासचोकका विमल गौतमको छोरा १० वर्षीय विधान गौतम र नामथर वतन नखुलेका अन्दाजी ११ वर्षीय बालक रहेका छन् ।
दुवै बालक पानीमा डुबेको अवस्थामा फेला पारी तत्काल स्थानीयको सहयोगमा उद्धार गरी उपचारको लागि भरतपुर अस्पताल भरतपुरमा ल्याइएकोमा दुवै जनाको बिहीबार दिउँसो २ः३९ बजेको समयमा मृत्यु भएको डाक्टरले घोषणा गरेका थिए ।
घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |