२०८० मंसिर २५, सोमबार
काठमाण्डाै – आज विश्व वन्यजन्तु दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विश्वमा पाइने सबै जङ्गली जनावर र रुख बिरुवाका बारेमा सचेतना जगाउन अनि तिनको संरक्षणका लागि हरेक वर्ष मार्च ३ तारिखमा यो दिवस मनाउने गरिएको छ ।
पछिल्लो समय वन क्षेत्रमा अतिक्रमण बढ्दै गएको छ भने वन्यजन्तुको चोरी सिकार रोक्न पनि चुनौती छ । यसले गर्दा वन्यजन्तु जोखिममा पर्न थालेका छन् । वन विनाशले वन्यजन्तुको बासस्थान साघुरिँदै गएको छ भने र आहाराको समेत अभाव हुन थालेको छ ।
आहाराको खोजीमा वन्य जन्तु मानव बस्तीमा प्रवेश गर्न थालेका छन् । यसले जनधनको क्षति बढाएको छ । वन्यजन्तुको संरक्षण भनेको मानवका दीर्घकालीन अवस्थितिको मुख्य आधार हो । तर, यसलाई नबुझ्दा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दो छ ।
नेपालमा दुर्लभ प्रजातिका धेरै जीवजन्तुको बास छ । तर, मानव अतिक्रमण र बासस्थान विनासले तिनको अस्तित्व लोप हुने हो कि भन्ने खतरा पनि छ । तिनको संरक्षण निम्ति पनि समाजमा जनचेतना जगाउनु जरुरी रहेको विज्ञले बताएका छन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |